बाल सहभागिताले रास्वपा निर्वाचित पदाधिकारीको वैधानिकतामाथि प्रश्न उठेको छः: कांग्रेस

बाल सहभागिताले रास्वपा निर्वाचित पदाधिकारीको वैधानिकतामाथि प्रश्न उठेको छः: कांग्रेस
+
-
देशसञ्चार AI सारांश
  • सांसद रेणुका काउचाले रास्वपाले ३५ हजार भन्दा बढी बालबालिकालाई पार्टीमा सामेल गरी नियम उल्लंघन गरेको बताएकी छन्।
  • उनले बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउन नपाइने संवैधानिक प्रावधान उल्लंघन भएको भन्दै कारबाहीको माग गरिन।
  • काउचाले सरकारलाई जिम्मेवारीपूर्वक कानून पालना गराउन आग्रह गर्दै संविधानको सम्मानमा ध्यानाकर्षण गराएकी छन्।

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद रेणुका काउचाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३५ हजार भन्दा बढी बालबालिकालाई पार्टीमा परिचालित गरेको विषयले आफूलाई निर्क गम्भिर र आश्चर्य चकित बनाएको बताएकी छन् ।

सांसद काउचाले नेपालको संविधान, कानूनले समेत बर्जित गरेको अवस्थामा उक्त पार्टीमा ठूलो संख्यामा बालबालिकाहरु रहेको उल्लेख गर्दै उनीहरुले निर्वाचित गरेका पदाधिकारी तथा सदस्यको बैधानिकतमाथि समेत प्रश्न उठेको समेत बताइन् ।

आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद काउँचाले बालबालिकाहरुलाई पार्टीको झोला नबोकाउने भन्दै स्ववियु लगायतका संघ, संस्थाहरु खारेज गर्ने सत्तारुढ दल रास्वपाले संविधान विपरित बालबालिकालाई पार्टीमा प्रयोग गरेकाले त्यस विषयमा कारबाही गर्नु पछ कि पर्दैन ? भनि सरकारलाई प्रश्न समेत गरिन् ।

प्रधानमन्त्रीको पदको गरिमा, अभिव्यक्तिको जिम्मेवारी र त्यसबाट कूटनीतिक रुपमा पर्ने प्रभावबारे सदैव सचेत हुनुपर्ने बताउँदै उनले भनिन्,‘’एउटा तथ्यांकले भने निकैगम्भीर र आश्चर्य चकित बनाएको छ सभामुख महोदय । रास्वपाको सदस्यता लिनेहरुको फेहरिस्त हेर्दा त १८ .वर्ष मुनिका पनि ३५ हजार २५७ जना हुनुहुँदो रहेछ । औपचारिक रुपमा नै घोषणा गरिएको यो सवालप्रति नेपाली कांग्रेसका ध्यान तानिएको जानकारी गराउन चाहन्छु । नेपालको संविधान र राजनीतिक दलसम्बन्धि ऐन, २०७३ अनुसार १८ वर्ष मुनिका बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउन पाइँदैन । यस्तो कार्य गरेमा ८० हजार जरिवाना र ३ वर्षसम्म कैदको व्यवस्था गरिएको छ । के सत्तारुढ दलको हकमा संविधान र यो ऐनको व्यवस्था नहुने हो र सभामुख महोदय । कि रास्वपा संविधान भन्दा माथि छ र उसले संविधान पालना नगरेपनि हुने हो ? त्यसमाथि बालबालिका सम्बन्धि ऐन २०७५ कुनैपनि बालबालिकालाई राजनीतिक उद्देश्य पूर्तिका लागि प्रयोग गर्नं नपाईने प्रावधान रहेको छ । तर रास्वपाले यिनै बालबालिकाहरुको प्रयोग गरेर पदाधिकारी तथा सदस्यहरुको वैधानिकतामाथि प्रश्न उठने अवस्था देखियो । मैले यो विषयमा संविधान र कानूनको व्यवस्था यहाँ स्मरण गराएको हुँ । विद्यार्थीहरुले राजनीति गर्नु हुँदैन भनेर स्ववियू लगायतका संघ, संगठन खारेज गर्न लागेको सरकारले आफनो पार्टीमा भने बालबालिकार्लाइ सदस्याको लाममा उभ्याउन मिल्छ कि मिल्दैन ? कलिला बालबालिकालाई पार्टीको झोला बोकाउन मिल्छ कि मिल्दैन । यो विषयमा म रास्वपाको ध्यानाकर्षण गराउँदै कानूनको पालना गर्नुपर्छ कि पर्दैन भन्ने ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद काउचाले रास्वपा संविधान र कानूनभन्दा माथि नभएको उसले पनि त्यसको पूर्ण पालना गरेर अघि बढ्नुपर्ने समेत बताइन् ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…