मुलुकको राष्ट्रिय हितको विषयमा वर्तमान सरकारको रवैया शंकास्पद छः माधव नेपाल

मुलुकको राष्ट्रिय हितको विषयमा वर्तमान सरकारको रवैया शंकास्पद छः माधव नेपाल
+
-

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको राष्ट्रिय हितको विषयमा वर्तमान सरकारको रवैया शंकास्पद रहेको टिप्पणी गरेका छन्।

आइतबार काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीमा उनले विदेशी शक्तिहरूले चलखेल गर्न खोजिरहेको उल्लेख गर्दै त्यसप्रति शतर्क भएर अघि बढ्ने काम नेपालका कम्युनिष्ट पार्टीहरूले नै गर्नुपर्ने बताएका हुन्।

विदेशीहरूले देशमा हालीमुहाली नचलाउन्, राष्ट्रिय हितमा कुठाराघात नगरून् र हाम्रो छिमेकीहरूका विरुद्धमा गतिविधिको केन्द्र नेपाललाई नबनाउन् भन्ने कुरामा नेपालमा कम्युनिष्ट पार्टीहरूले शतर्कता अपनाएर अघि बढनुपर्ने उनको भनाइ थियो। उनले जनताको अधिकार कुठाराघात गर्ने कोशिस भइरहेको पनि बताए।

उनले लोकतन्त्रको रक्षा गर्न र गणतन्त्र जोगाउन पनि नेपालमा कम्युनिष्ट पार्टीहरूले अग्रसरता लिनुपर्ने अवस्था आएको बताए।

उनले भने, ‘जनताका अधिकारहरूमाथि कुठाराघात गर्ने अनेकखालका कोशिसहरू भइरहेका छन्। त्यसो हुनाले लोकतन्त्र जोगाउन, गणतन्त्रको रक्षा गर्न पनि कम्युनिष्टहरूले नै अग्रसरता लिनुपर्दछ।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…