आजबाट सुरु हुँदै नकआउट चरण, क्यानडा र दक्षिण अफ्रिका कस्ले मार्ला बाजी?

आजबाट सुरु हुँदै नकआउट चरण, क्यानडा र दक्षिण अफ्रिका कस्ले मार्ला बाजी?
+
-
देशसञ्चार AI सारांश
  • २०२६ को फिफा विश्वकपको नकआउट चरण आज क्यानडा र दक्षिण अफ्रिकाबीचको खेलबाट शरू हुँदैछ, जहाँ दुवै टोलीले पहिलोपटक नकआउट चरणमा स्थान बनाएका छन्।
  • जेस्सी मार्सको नेतृत्वमा रहेको क्यानडाको टोली आक्रामक खेलशैलीमा निर्भर रहँदै घरेलु समर्थकको साथमा अन्तिम १६ मा पुग्ने योजनामा छ।
  • दक्षिण अफ्रिकाका प्रशिक्षक ह्युगो ब्रुसले बलियो रक्षात्मक रणनीति अपनाउँदै अर्को अद्वितीय प्रदर्शनको आशा राखेका छन्।

विश्वकप फुटबलमा समूहचरणका खेलहरु सकिएसँगै आजबाट नकआउट चरणका खेल सुरु हुँदै छन्। लस एन्जलसमा आइतबार हुने क्यानडा र दक्षिण अफ्रिकाबीचको खेलसँगै सन् २०२६ को फिफा विश्वकपको नकआउट चरण औपचारिक रूपमा सुरु हुँदै छ।

अन्तिम ३२ को यो पहिलो खेल दुवै टोलीका लागि ऐतिहासिक हुने छ, किनभने क्यानडा र दक्षिण अफ्रिका दुवैले पुरुष विश्वकपको नकआउट चरणमा पहिलोपटक स्थान बनाएका हुन्। त्यसैले जस्ले जितेपनि यो नयाँ इतिहास पुन एकपट लेखिने छ।

सह-आयोजक क्यानडा समूह ‘बी’ को उपविजेताका रूपमा नकआउट चरणमा पुग्न सफल भएको हो। जेसी मार्सको टोलीले समूहचरणको अन्तिम खेलमा स्विट्जरल्यान्डसँग २-१ ले पराजित हुँदा समूह विजेता बन्ने अवसरबाट वञ्चित भयो र घरेलु मैदान भ्यानकुभरमा खेल्ने अवसरबाट बञ्चित भयो।
यता, दक्षिण अफ्रिकाले समूह ‘ए’ मा प्रतियोगिताकै आश्चर्यजनक नतिजा मानिएको दक्षिण कोरियालाई १-० ले हराएर उपविजेताका रूपमा अन्तिम ३२ मा स्थान सुरक्षित गरेको थियो। सोहि हारले दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिने आधार तयार गर्यो।

क्यानडा पहिलोपटक विश्वकपको नकआउट चरणमा उत्रिँदै गर्दा अर्को इतिहास रच्ने लक्ष्यमा हुनेछ। समूह चरणमा क्यानडाले आठ गोल गरेको थियो, जसमा कतारविरुद्ध मात्र ६ गोल समावेश छन्।

स्विट्जरल्यान्डविरुद्ध दोस्रो हाफको सुरुआती समयमा भएका केही रक्षात्मक कमजोरीका कारण क्यानडाले समूहको शीर्ष स्थान गुमाएको थियो। तर आक्रामक खेलशैली र लगातार दबाब सिर्जना गर्ने क्षमता टोलीको बलियो पक्ष बनेको छ।

मध्यपङ्क्तिका महत्त्वपूर्ण खेलाडी इस्माएल कोने खुट्टा भाँचिएपछि प्रतियोगिताबाट बाहिरिएका छन्। त्यसैले प्रशिक्षक मार्सले अग्रपङ्क्तिमा रहेका युवेन्टसका फरवार्ड जोनाथन डेभिड र साउथह्याम्प्टनका स्ट्राइकर काइल लारिनमाथि ठूलो भरोसा गर्ने छन्।

अर्को तर्फ दक्षिण अफ्रिकाका प्रशिक्षक ह्युगो ब्रुसले यसअघि नै सबैको अपेक्षा विपरीत टिमलाई उत्कृष्ट प्रदर्शनका लागि योग्य बनाएकाले फेरी एकपटक सबैलाई आश्चर्यमा पार्ने रणनितिमा अगाडी छन्। सन् २०१० मा घरेलु मैदानमा विश्वकप आयोजना गरेपछि पहिलोपटक प्रतियोगितामा सहभागी भएको टोलीले बलियो रक्षात्मक रणनीतिका कारण नकआउट चरणमा स्थान बनाएको हो।

दक्षिण कोरियाविरुद्धको खेलमा दक्षिण अफ्रिकाको बल नियन्त्रण ३० प्रतिशतभन्दा कम थियो, तर उत्कृष्ट रक्षात्मक प्रदर्शनले टोलीलाई १-० को ऐतिहासिक जित दिलायो। मध्यपङ्क्तिका प्रमुख खेलाडी तेबोहो मोकोएना निलम्बनपछि टोलीमा फर्किने छन्। तर मेक्सिकोविरुद्ध रातो कार्ड पाएका अनुभवी आक्रमणकर्ता थेम्बा ज्वाने भने प्रतिबन्धका कारण खेल्न पाउने छैनन्।

राष्ट्रपति रामाफोसाको शुभकामना

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले टोलीलाई शुभकामना दिँदै खेलाडीहरूले देशलाई पुनः विश्व फुटबलको नक्सामा स्थापित गर्ने विश्वास व्यक्त गरेका छन्। उनले भने,’हाम्रा खेलाडीहरूले हामीलाई गर्व गराएका छन्। उनीहरूले उत्कृष्ट खेल खेलेका छन् र पहिलोपटक दक्षिण अफ्रिकाको झण्डा विश्व फुटबलको मञ्चमा यति उचाइमा फहरिएको छ। मलाई विश्वास छ, हाम्रा खेलाडीहरूले सम्पूर्ण दक्षिण अफ्रिकीलाई गौरवान्वित गराउने छन्।’

समग्रमा दक्षिण अफ्रिकाले क्यानडाको आक्रमणलाई रोक्न र विपक्षीबाट गल्ती गराउन सफल भयो भने अर्को ठूलो उलटफेर सम्भव हुन सक्छ। यता क्यानडाले घरेलु समर्थकको साथलाई उपयोग गर्दै अन्तिम १६ मा पुग्ने लक्ष्य राखेको छ।

विश्वकप २०२६ को नकआउट चरणको पहिलो खेलले दुई नयाँ इतिहास रच्न सफल टोलीमध्ये एकलाई अझ ठूलो उपलब्धितर्फ डोर्याउनेछ भने अर्को टोलीको अविस्मरणीय यात्रामा पूर्णविराम लाग्ने छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…