पिएसबीको स्याटेलाइट लिंक खरिद प्रकरणको अनुसन्धान पूरा, प्रतिवेदन बुझाउने तयारी

पिएसबीको स्याटेलाइट लिंक खरिद प्रकरणको अनुसन्धान पूरा, प्रतिवेदन बुझाउने तयारी
नेपाल टेलिभिजन
+
-
देशसञ्चार AI सारांश
  • सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट लिंक खरिद अनियमितताको छानबिन समितिबाट अन्तिम प्रतिवेदन तयार गरेको छ।
  • समितिले स्याटेलाइट सेवा खरिद, व्यवस्थापन र उपकरण खरिद प्रक्रियामा सुझावसहितको प्रतिवेदन मन्त्रालयमा बुझाउने तयारी गरेको छ।
  • चाँडै कारबाहीका लागि सूचना तथा सञ्चार मन्त्रालयले औपचारिक प्रक्रिया सुरु गर्ने बुझिएको छ।

सार्वजनिक सेवा प्रशारण संस्था (पिएसबी) को स्याटेलाइट लिंक खरिद प्रकरणको अनुसन्धानका लागि सूचना तथा सञ्चार मन्त्रालयले बनाएको समितिले यसबारे अन्तिम प्रतिवेदन तयार गरेको छ।

स्रोतका अनुसार उक्त प्रतिवेदन सूचना तथा सञ्चार मन्त्रालयमा औपचारिक रूपमा बुझाउने तयारी गरिएको छ।

नेपाल टेलिभिजनको स्याटेलाइट लिंक खरिदका क्रममा अनियमितता भएको भन्दै छानबिन गर्न मन्त्रालयले गत जेठ २२ गते २१ दिने समयावधिसहित समिति गठन गरेको थियो।

इञ्जिनियर डा.आभाष मास्केको संयोजकत्वमा गठित समितिमा उमेश रुपाखेती, टिकाराम कार्की र नवीनकुमार मिश्र सदस्य थिए।

समितिलाई स्याटेलाइट सेवा खरिद र व्यवस्थापनसँग सम्बन्धित विगतका सम्झौता, सेवा विस्तार, प्रविधि रुपान्तरण तथा उपकरण खरिद प्रक्रियाको अध्ययन गरी आवश्यक सुझावसहित प्रतिवेदन बुझाउन कार्यादेश थियो।

समितिले सुरुमा छानबिनका क्रममा नेपाल टेलिभिजनबाट यससम्बन्धी पर्याप्त कागजातहरू नपाएपछि सरोकारवाला विभागहरूबाट सम्झौता, प्रक्रिया र उपकरणलगायतका विषयका प्रमाणहरू संकलन गरेको थियो।

नेपाल टेलिभिजनले सन् २००५ देखि थाइल्याण्डको थाइकम पीसीएलसँग स्याटेलाइट खरिद गर्दै आएको छ। उक्त कम्पनीसँग पिएसबीका अध्यक्ष डा. महेन्द्र बिष्ट भएका बेला फेरि किनिएका स्टाटेलाइट लिंकमा अनियमतिता भएको स्रोतले दाबी गरेकाे छ। बिष्६ २०८१ सालमा पिएसबीकाे अध्यक्ष नियुक्त भएका थिए।

सूचना तथा सञ्चार मन्त्रालयले चाँडै यससम्बन्धमा कारबाहीका लागि ‍औपचारिक प्रक्रिया सुरु गर्ने बुझिएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…