अ
+
अ
अ
-
काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले हुलाक सेवालाई निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढाउने योजना बनाएको बताएका छन्।
मंगलबार काठमाडौँमा आयोजित हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्दा नै जनतालाई प्रभावकारी सेवा दिन सकिन्छ भन्ने कुरामा सरकार जानकार रहेको बताएका हुन्।
उनले हुलाक सेवालाई पनि सरकारले सार्वजनिक–निजी साझेदारीमा अघि बढाउन चाहेको पनि उल्लेख गरे। सरकारले हुलाक सेवाको कामलाई प्राथमिकताका साथ अघि बढाएको र त्यसमा निकै राम्रो प्रगति भएको उनको भनाइ छ।
उनले हुलाकसँग सम्बन्धित नीतिगत र संरचनामा नै पुनर्संरचना गर्नुपर्ने अवस्था रहेको पनि बताए।
उनले हुलाक सेवालाई गर्व गर्न लायक हुने गरी काम गर्न सम्बन्धित निकायका कर्मचारीलाई निर्देशनसमेत दिए।
भर्खरै
लोकप्रिय
