काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी एकताको नहुने बतार्एका छन्।
मदन भण्डारीको जन्मजयन्तीको अवसर पारेर आइतबार आयोजि कार्यक्रममा नेताहरुले वामपन्थी एकताको पक्षमा अभिव्यक्ति दिएका थिए।
आफूसमेत सहभागी भएको कार्यक्रममा अरु नेताहरुले गरेको प्रस्तावलाई ओलीले दुई दिनपछि अस्वीकार गरेका हुन्।
त्यस दिन समीक्षा गरेर अघि बढ्न तयार रहेको बताएका ओलीले मंगलबार नेता कार्यकर्तालाई पार्टी एकता नहुने भन्दै त्यस्ता कुरामा विश्वास नगर्न आग्रह गरेका हुन्।
एमालेको राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रममा ओलीले लोकतन्त्र फर्काउन भने संयुक्त सहकार्य गर्न सकिने जनाए।
‘सबै लोकतन्त्रवादी, वामपन्थी तथा देशभक्त शक्तिबीच कार्यगत एकताका साथ संयुक्त सङ्घर्षमा जानुपर्ने आवश्यकता छ, ओलीले अगाडि भने, ‘एमालेले कोहीसँग पनि समूहगत र संस्थागत एकता गर्दन। पार्टी प्रवेश गर्ने व्यक्ति र समूहलाई उदारताका साथ समेट्ने काम गर्छौ।’
ओलीले पार्टी एकतामा पवित्रता चाहिने बताउँदै विगतमा त्यो नदेखिएको भन्दै अब एकतामा नजाने जनाएका हुन्।
भर्खरै
लोकप्रिय
