काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले हस्तक्षेप गरेकाले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको आरोप लगाएका छन्।
नेपाल खेलकुद महासंघले मंगलबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले खेलकुद क्षेत्रमा सरकारको हस्तक्षेपलाई रोक्न लागि पार्टीकासम्वद्ध पक्षलाई निर्देशन दिए।
उनले एन्फामाथि फिफाले लगाएको प्रतिबन्धबाट मनोवल गिराउने काम नगर्न पनि उनले आग्रह गरे। अध्यक्ष ओलीले खेलकुद क्षेत्रको जरैदेखि विकास गर्ने काममा सरकारले ध्यान दिनुपर्ने आवश्यकता पनि औँल्याए।
देशको प्रतिष्ठा बढाउन खेलकुद क्षेत्रको योगदान हुने भएकाले पनि यस क्षेत्रको विकासमा सबैले पहल गर्नुपर्ने उनको भनाइ थियो।
उनले, ‘खेल क्षेत्रको विकासमा सरकारले पनि ध्यान दिनुपर्ने हो। सरकारले हस्तक्षेप गरेर एन्फालाई अन्तर्राष्ट्रिय खेलमा नै प्रतिबन्ध लाग्ने स्थितिमा पुगेको छ। यस स्थितिलाई हामीले परिवर्तन गर्नै पर्दछ। टुप्पामा परिवर्तन गर्न खोजेर हुँदैन।’
भर्खरै
लोकप्रिय
