विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइ गर्न अरु ६ मुद्दाको मिसिल झिकाउन आदेश

विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइ गर्न अरु ६ मुद्दाको मिसिल झिकाउन आदेश
+
-
देशसञ्चार AI सारांश
  • सर्वोच्चले विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण निवेदनमा विभिन्न अदालतबाट सक्कल मिसिल झिकाउन आदेश दिएको छ।
  • आलोचित मुद्दाहरूमा बैंकिङ र धितोपत्र कसुरसँग सम्बन्धित विभिन्न व्यक्तिहरूको मिसिल झिकाउन आदेश दिइयो।
  • असार १८ गते पेशी तोकी सुनुवाइ गर्न सर्वाेच्च अदालतले ६ वटा मुद्दाका मिसिल झिकाएको छ।

काठमाडौँ – सर्वोच्च अदालतको एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई रिहा गर्न माग गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा विभिन्न अदालतहरूमा सम्बन्धित मुद्दाका सक्कल मिसिलहरू झिकाउन आदेश दिएको छ।

पौडेलकी श्रीमती दोमाया पौडेलले दायर गरेको निवेदनमा न्यायाधीश टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले मंगलबार उनी जोडिएका आशंका गरिएका विभिन्न व्यक्तिविरुद्ध परेको मिसिल झिकाउन भनेको हो।

उनलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरको अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ।

सर्वोच्चले विभिन्न अदालतमा रहेका ६ वटा मुद्दाका मिसिल झिकाएर असार १८ गते पेशी तोकी सुनुवाइ गर्न आदेश दिएको छ।

सर्वोच्चले व्यवसायी दीपक भट्ट, दीपक भट्टविरुद्ध विशेष अदालतमा दायर भएको बैंकिङ कसुर सम्बन्धी मिसिल झिकाउन आदेश दिएको छ।

त्यस्तै काठमाडौँ जिल्ला अदालतबाट तीनवटा फरक फरक मुद्दाका सक्कल मिसिलहरू माग पनि गरेको छ।

आशिष श्रेष्ठविरुद्ध लागेको बीमा सम्बन्धी कसुर, व्यवसायी सुलभ अग्रवालविरुद्ध दायर भएको धितोपत्र सम्बन्धी कसुर र दीपक भट्टसमेत जोडिएको धितोपत्र सम्बन्धी कसुरको मिसिल झिकाउन आदेश दिएको छ।

त्यस्तै दीपक भट्टको पक्षबाट दायर भएको बन्दीप्रत्यक्षीकरण छिनुवा मिसिल सर्वोच्चकै अभिलेख शाखाबाट अवलोकनार्थ झिकाउन आदेश दिएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…