अ
+
अ
अ
-
दाङ- गुल्मीको धुर्कोट गाउँपालिका–५, मन्टारी मा श्रीमानले जंगली जनावर (बँदेल) नियन्त्रण गर्न जोडेको विद्युतीय करेन्टमा परेर श्रीमतीको मृत्यु भएको छ ।
६६ वर्षीय भेषराज भण्डारीले आफ्नै घरदेखि करिब १५० मिटर टाढा बारीमा बिजुलीको पोलबाट करेन्ट प्रवाह गरी राखेका थिए । सोही करेन्टमा परेर उनकी करिब ६० वर्षीया श्रीमती हुमकला भण्डारी गम्भीर घाइते भएकी थिइन् ।
घाइते हुमकलालाई उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको थियो। तर चिकित्सकले बिहान साढे ३ बजे उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) वीरेन्द्र वीर विश्वकर्माले बताए ।
घटनापछि प्रहरीले करेन्ट प्रवाह गर्ने भेषराज भण्डारीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय गुल्मीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
भर्खरै
लोकप्रिय
