चलचित्र विकास बोर्डले गर्‍यो ‘सिनेपा’ एप सार्वजनिक

चलचित्र विकास बोर्डले गर्‍यो ‘सिनेपा’ एप सार्वजनिक
+
-
देशसञ्चार AI सारांश
  • नेपाली चलचित्र क्षेत्रलाई डिजिटल युगसँग जोड्न ‘सिनेपा’ एप सार्वजनिक गरी ४३ वटा सेवा उपलब्ध गराइनेछ।
  • सगरमाथा आरोहण गर्ने कलाकारलाई सम्मान गर्दै ‘सुरिलो रुख’ निर्माणका लागि आर्थिक सहयोग प्रदान गरियो।
  • २६ वर्षमा ७ करोड रुपैयाँभन्दा बढी व्यापार गरेका ३१ नेपाली कथानक फिल्मको सूची सार्वजनिक भयो।

काठमाडौँ- चलचित्र विकास बोर्डको २६औँ वार्षिकोत्सवका अवसरमा ‘सिनेपा’ एप सार्वजनिक गरिएको छ।

नेपाली चलचित्र क्षेत्रलाई सूचना, अभिलेख, प्रवर्द्धन र पहुँचका हिसाबले डिजिटल युगसँग जोड्ने उद्देश्यले तयार गरिएको यसबाट ४३ वटा सेवा लिन सकिनेछ।

सो अवसरमा बोर्डले वार्षिक गतिविधि समेटिएको प्रकाशन ‘शब्दचित्रमा चलचित्र बोर्डको गतिविधि’ तथा ‘सिनेपा’ पुस्तक विमोचन पनि गरेको हो। नेपाली चलचित्रको दस्तावेजीकरण, संस्थागत स्मृति संरक्षण र अध्ययन–अनुसन्धानका लागि यस्ता प्रकाशनहरू महत्त्वपूर्ण हुने विश्वास बोर्डले व्यक्त गरेको छ।

साथै वार्षिकोत्सव समारोहमा बोर्डका दुई कर्मचारीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ। स्टोरी बोर्डबाट छनोट भएको चलचित्र ‘सुरिलो रुख’लाई निर्माण सहायतास्वरूप रु. ४ लाख आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।

सो अवसरमा बोर्ड स्थापना यता २६ वर्षको अवधिमा ७ करोड रुपैयाँभन्दा बढी व्यापार गरेका ३१ नेपाली कथानक फिल्मको नामावली सार्वजनिक गरिएको थियो।

बोर्डका अनुसार यस्तो सूचीले नेपाली चलचित्र उद्योगको व्यावसायिक विकास, बजारको विस्तार तथा दर्शकसँगको सम्बन्धलाई अभिलेखीकरण गर्ने काम गर्नेछ। सार्वजनिक सूचीमा ‘पूर्णबहादुरको सारङ्गी’, ‘कबड्डी ४’, ‘१२ गाउँ’, ‘जारी’, ‘छक्का पन्जा’ श्रृंखला, ‘महाजात्रा’, ‘प्रेमगीत ३’, ‘पुजार सार्की’, ‘महापुरुष’ सहितका छन्।

सो अवसरमा सगरमाथा आरोहण गर्ने कलाकार निशा अधिकारी, अर्जुन कार्की, कविता नेपाली, रोजिता बुद्धाचार्य, निलम पौडेललाई सम्मान प्रदान गरियो । समारोहमा विशिष्ट, विशेष तथा चलचित्रकर्मी श्रेणीका परिचयपत्र पनि वितरण गरेको थियो।

समारोहमा बोल्दै बोर्ड अध्यक्ष दिनेश डीसीले चलचित्र क्षेत्रलाई नीतिगत, संस्थागत र व्यावसायिक रूपमा सुदृढ बनाउन बोर्ड प्रतिबद्ध रहेको बताए। उनले डिजिटल रूपान्तरण, चलचित्रकर्मीको सम्मान, नेपाली चलचित्रको अभिलेखीकरण, सफल चलचित्रको तथ्यांक संकलन र सिर्जनात्मक परियोजनाको प्रवद्र्धनलाई आगामी प्राथमिकताका रूपमा अघि बढाइने जानकारी दिए।

कार्यक्रम सम्पन्नका क्रममा सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले चलचित्र उद्योगका समस्या, चुनौती र अपेक्षाप्रति सरकार संवेदनशील रहेको बताउँदै यस क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको धारणा राखे।

चलचित्र विकास बोर्डलाई उद्योगको अभिभावकीय संस्थाका रूपमा अझ प्रभावकारी र परिणाममुखी भूमिका निर्वाह गर्न उनले आग्रह गरे। निर्माणाधीन चलचित्रसम्बन्धी कानुन तथा नीतिमा चलचित्रकर्मीको सुझाव समेटिनुपर्ने उनले बताए।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…