अ
+
अ
अ
-
काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवन महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक बुधबार बसेको छ।
बैठकले सभापति रवि लामिछानेले मनोनीत गर्ने पदाधिकारीहरूको बारेमा भने कुनै छलफल गरेको छैन।
पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहणपछि पहिलो केन्द्रीय कार्यसमितिको बैठक बसेको महामन्त्री विपिन आचार्यले जानकारी दिए।
बैठकले पार्टी विधानको व्यवस्थाअनुसार लेखा आयोग, निर्वाचन आयोग र अनुशासन आयोग गठन गरेको छ।
लेखा र निर्वाचन आयोगमा यसअघिकै पदाधिकारीलाई फेरि जिम्मेवारी दिइएको छ ।
चितवन महाधिवेशनबाट ९९ जना निर्वाचित भएका थिए भने सभापति लामिछानेले ११ पदाधिकारीसहित ५१ जना मनोनीत गर्नेछन्।
भर्खरै
लोकप्रिय
