डेडलाइन दिंदै एएफसीले भन्यो, ‘फिफा प्रतिबन्ध नहटे एएफसीका प्रतियोगिताबाट नेपाल बाहिर’

डेडलाइन दिंदै एएफसीले भन्यो, ‘फिफा प्रतिबन्ध नहटे एएफसीका प्रतियोगिताबाट नेपाल बाहिर’
+
-
देशसञ्चार AI सारांश
  • नेपालले एएफसीको निलम्बन फुकुवा नगरेसम्म २०२७ सम्मका अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउनेछ।
  • एन्फाले २०२६/२७ सिजनका लागि इन्ट्री गरे पनि फिफा सदस्यका अधिकार गुमाएकोले सहभागिता अयोग्य भएको हो।
  • तोकिएको समयसीमाभित्र निलम्बन हटाउन नसके नेपाल एएफसी प्रतियोगिताबाट औपचारिक रूपमा बाहिरिने चेतावनी दिइएको छ।

काठमाडौँ-  अखिल नेपाल संघ (एन्फा) माथि लागेको निलम्बन फुकुवा नहुँदा सम्मका लागि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नपाउने एएफसीले जनाएको छ।

एएफसीले प्रतिबन्धित एन्फालाई पत्र लेख्दै आगामी २०२७ सम्म सेड्युलमा रहेका प्रतियोगिताहरुमा सहभागिता जनाउनका लागि प्रतिबन्धबाट हट्नु पर्ने बताएको हो।

उसले तोकिएको समयमा प्रतिबन्धबाट बाहिर आउन नसके नेपाललाई ती खेलमा सहभागिता गराउन नसक्ने जनाएको हो।

उसले पत्र लेख्दै समयमै फुकुवा नभए नेपालका राष्ट्रिय टोली तथा क्लबहरूले आगामी एशियाली फुटबल महासंघ (एएफसी) का अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नपाउने स्पष्ट पारेको छ।

एएफसीका महासचिव बाटुक सेरी विन्डसर जोनले एन्फाका महासचिव किरण राईलाई पठाएको पत्रमार्फत फिफाले २४ जुन २०२६ देखि एन्फालाई अर्को निर्णय नभएसम्म निलम्बनमा राखेकाले नेपालका राष्ट्रिय तथा क्लब टोलीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन योग्य नरहेको जानकारी गराएको हो।

पत्रमा उल्लेख भएअनुसार एन्फाले आगामी २०२६/२७ सिजनका विभिन्न एएफसी प्रतियोगिताका लागि आफ्नो सहभागिताका लागि ‘इन्ट्री’ गरेको जानकारी पाएको भन्दै फिफाले फिफा काउन्सिलको निर्णयअनुसार एन्फाले फिफा सदस्यका रूपमा प्राप्त सबै अधिकार गुमाएको र फिफा विधानको धारा १३ बमोजिम उसका राष्ट्रिय तथा क्लब टोलीहरूले निलम्बन कायम रहुञ्जेल कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने जनाइएको छ।

एएफसीले निलम्बन तोकिएको समयभित्र नहटे नेपालका टोलीहरू सम्बन्धित प्रतियोगिताबाट हटाइने चेतावनी पनि दिएको छ। पत्रअनुसार एएफसी महिला च्याम्पियन्स लिग २०२६/२७ बाट नेपाललाई हटाउने अन्तिम समयसीमा २९ जुन २०२६ तोकिएको छ, जुन प्रारम्भिक चरणको ड्र हुनुभन्दा तीन दिनअघिको मिति हो। यो मिति गुज्रिसकेको छ।

यस्तै, एएफसी यू-१७ महिला एशियन कप चीन २०२७ छनोट का लागि अन्तिम समयसीमा १३ जुलाई २०२६ निर्धारण गरिएको छ। यो प्रारम्भिक चरणको ड्र हुनुभन्दा तीन दिनअघिको मिति हो। त्यसैगरी, एएफसी यू-२० एशियन कप चीन २०२७ छनोट मा नेपालको सहभागिता कायम राख्न १ अगस्ट २०२६ भित्र फिफाको निलम्बन हटिसक्नुपर्ने एएफसीले जनाएको छ। उक्त प्रतियोगिताको छनोट चरण सुरु हुनुभन्दा ३० दिनअघि यो अन्तिम समयसीमा तोकिएको हो।

फिफाले २४ जुनमा जारी गरेको परिपत्र नम्बर १९६७ अनुसार एन्फामाथिको निलम्बन अर्को निर्णय नभएसम्म कायम रहने छ। निलम्बन हटेमा नेपालका राष्ट्रिय टोली तथा क्लबहरूले पुनः अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छन्। तर तोकिएका समयसीमाभित्र निलम्बन फुकुवा नभए नेपाल सम्बन्धित एएफसी प्रतियोगिताबाट औपचारिक रूपमा बाहिरिने छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…