भगवान बिक्रीमा !!!

भगवान बिक्रीमा !!!
+
-

सबैभन्दा कठोर पत्थर

सबैभन्दा गरिबलाई

बोकाएर ल्याऊ

र, तिम्रो लोभको सम्बर्द्धन गर्ने

कुनै डरलाग्दो

वा मनमोहक आकृति बनाऊ

र, भव्यको नाम देऊ ।

 

 

नसुन्ने कान

नदेख्ने आँखा

नबोल्ने ओठ

कहिँ हिँड्नु नपर्ने

‘पाउ’ बनाऊ

र, धनीहरुका बस्तीमा लगेर

दोबाटोमा ठिङ्‌ग उभ्याऊ

र‌, बनाऊ आफ्नै मालिक

तिम्रा थरिथरिका भगवानहरूलाई।

 

आशा, करुणा, साहस,

संघर्ष, क्षमा अनि प्रेमका

परम स्विकारोक्ति

र, प्राप्तिहरू

जाबो एक थान मान्छे बन्न

जे जे चाहिन्छ

त्यो सबै आफैँले बनाएको

भगवानमा थोपरेर

निसंकोच भट्याइरहेछन् अ-मान्छेहरू

घाँटी रेट्न कुरान

नरसंहार गराउन बाइबल

र, षड्यन्त्रको महाभारत रच्न गीता।

 

यो महामायाको

उदेकलाग्दो संसारमा

भगवानले बनाएको मान्छे

र, मान्छेले बनाएको भगवान

सबै नै हाटबजारमा छन्

र अ-मान्छेहरू चिच्याइरहेछन्

आकर्षक छुटसहित….

भगवान बिक्रीमा !!

भगवान बिक्रीमा!!!

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…