- कार्यक्रममा सहभागी वक्ताहरुले ‘श्रीमती’ उपन्यासले सामाजिक संरचनामा श्रीमतीको भूमिकामाथि बहस सिर्जना गरेको बताए।
- डा. ह्यारी भण्डारीले उपन्यासले नेपाल र प्रवासको बहुआयामिक पाटोको बारेमा समेटेको जनाएको बताए।
- उपन्यासको शीर्ष पात्रहरूले नेपालको सूदूर पश्चिमको जनजीवन र पारिवारिक सम्बन्धको व्याख्या गरेको अधिकारीले बताए।
मेरिल्याण्ड- अन्तर्राष्ट्रिय साहित्य समाज अनेसासका बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष, लेखक तथा साहित्यकार तीर्थराज पाण्डेयद्धारा लिखित उपन्यास श्रीमतीमाथि समीक्षा गरिएको छ।
शनिवार आयोजना गरिएको कार्यक्रममा सहभागी वक्ताहरुले ‘श्रीमती’ उपन्यासले समेटेको विविध सामाजिक,आर्थिक, मनोवैज्ञानिक पाटोको विश्लेषण गरे।
२१३ औ भानु जयन्तीको अवसरमा स्टार स्कलर्स नेटवर्क अमेरिकाले आयोजना गरेको कार्यक्रममा साहित्यकार, लेखक, विश्लेषक र समालोचकहरुले श्रीमती उपन्यासले सामाजिक संरचनामा श्रीमतीको भूमिकामाथि बहस सिर्जना गरेको बताए। कार्यक्रमलाई सम्वोधन गर्दै मेरिल्याण्ड राज्यका राज्य सांसद तथा कवि, साहित्यकार डा. ह्यारी भण्डारीले श्रीमती उपन्यासले समेटेको विषयमा चर्चा गरे।
उनले भने- ‘यो उपन्यासले नेपाल र प्रवासको वहुआयामिक पाटोको बारेमा समेटेको छ।’
उपन्यासमा समेटिएका विभिन्न पात्रहरुले नेपालको सूदूर पश्चिमको जनजीवनलाई राम्रोसँग व्याख्या गरेको पनि उनले बताए। साथै उपन्यासमा स्थानीय भाषा, संस्कृतिको विषयमा समेत उपन्यासकारले लिपिवद्ध गरेका छन्। भण्डारीले अगाडि भने, ‘यो पुस्तकले प्रवासमा बसेर जीवन यापन गरिरहेकाहरुको जन्मभूमिमा भोगिने भोगाइ र त्यस पछि प्रवासमा समेत भोगिने भोगाइलाई श्रीमती र श्रीमानको सहकार्यमार्फत कसरी सफलता प्राप्त गर्न सकिन्छ भन्ने तथ्यलाई राम्रोसँग उजागर गरेको छ।’
कार्यक्रममा साहित्यकार तथा पत्रकार मधुकर अधिकारीले ‘श्रीमती’ उपन्यासले धर्मशास्त्र र समाजशास्त्रले व्याख्या गरेका विषयवस्तुलाई उपन्यासकारले केलाउने प्रयास गरेको बताए।
अधिकारीले थपे, ‘पछिल्लो समयमा लेखिएका प्रवासको साहित्यमा यो उत्कृष्ट नमूना बनेको छ।’
उपन्यासकारले उपन्यासको मुख्य पात्र वितुर र धिमही मार्फत समाजको संरचनागत कार्यात्मकतालाई प्रष्ट पार्ने काम गरेको उल्लेख अधिकारीले गरे। मोर्गन स्टेट युनिभर्सिटीका प्राध्यापक कृष्ण विष्टले उपन्यासकारले यस उपन्यास मार्फत समाजको संरचनामा श्रीमतीको भूमिका महत्वपूर्ण भएको स्पष्ट पारेको बताए।
यसमा दक्षिण एशियाको साहित्य लेखनमा अग्रणी बन्नसक्ने विषय वस्तु समेटिएको उनले बताए। कार्यक्रममा स्टार स्कलर्सका अध्यक्ष प्रा. डा. उत्तम गौली, डा दीपक कोइराला, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले उपन्यासका विविध पाटोको बारेमा चर्चा गरेका थिए।
पुस्तकका लेखक तथा साहित्यकार तीर्थराज पाण्डेयले किताव प्रकाशनको बारृेमा विस्तत विवरण दिएका थिए।
अनेसास मेरिल्याण्ड च्याप्टरकी अध्यक्ष पूजा चन्द, अनेसास विओटीका महासचिव प्रकाश नेपाल, साहित्यकार सीता पाण्डे, डिसी च्याप्टरका अध्यक्ष नीलकण्ठ सुवेदी, पशुपति वञ्जाडे, दमन विक्रम शाह लगायतका व्यक्तित्वहरुले पुस्तकमाथि टिप्पणी गरेका थिए।
कार्यक्रममा दोश्रो पुस्ताका सलोना भण्डारी, प्रज्ज्वल श्रेष्ठ,स्वर्णिम त्रिपाठी,मलिना छन्त्याल र सहिसा छन्त्यालले पुस्तकको बारेमा चर्चा गरेका थिए।
कार्यक्रममा साहित्यकार,लेखक,कवि तथा साहित्यका अनुरागीको वाक्लो उपस्थिति थियो।
कार्यक्रम सफलताको लागि सहयोग गर्ने सबैलाई लेखक, प्रकाशन गृहलाई पाण्डेयले धन्यवाद दिए।
साहित्यकार तीर्थराज पाण्डेयले लेखेको यो कृति २२० पृष्ठको सामाजिक विषयमा लेखिएको उपन्यास हो।
यसको मुख्य पात्र वितुर र धिमही नेपालको सूदूरपश्चिममा जन्मिएर हुर्किएर कोरिया, जापान हुँदै अमेरिका पुगेर वस्दा श्रीमान र श्रीमतिबीच पारस्परिक सम्वन्धले सफलता हासिल गरेको घटनाको व्याख्या गरिएको छ । उपन्यास विसं २०८३ मा प्रकाशित श्रीमति उपन्यास अमेरिकामा रहेको गैर नाफा मुलक संस्था स्टार स्कलर्सले प्रकाशन गरेको हो ।
भर्खरै
लोकप्रिय
