संसदीय टोलीले अख्तियार कार्यालयमै पुगेर अनुसन्धानका मिसिल हेर्न खोजेपछि…

संसदीय टोलीले अख्तियार कार्यालयमै पुगेर अनुसन्धानका मिसिल हेर्न खोजेपछि…
+
-
देशसञ्चार AI सारांश
  • संसदको समिति द्वारा अनुसन्धानको मिसिल हेर्न माग गर्दा अख्तियार कार्यालय इटहरीमा विवाद उत्पन्न भयो।
  • प्रमुख पुरीले गोपनीयताको कारण देखाउँदै सांसदहरूलाई अनुसन्धान फाइलहरू प्रस्तुत गर्न अस्वीकार गरे।
  • अनुगमन टोलीका सांसदहरूले अख्तियारको कार्यप्रणाली बुझ्न फाइलहरू हेर्न पाउनुपर्ने बताउँदै दबाब दिए।

काठमाडौँ – संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट अनुगमनका लागि गएको सांसदहरुको टोलीले अनुसन्धानमा रहेका मिसिल हेर्न माग गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीमा विवाद भएको छ।

झुम्का कारागारसँगै अख्तियारको इटहरी कार्यालय अनुगमन गर्न गएको चारजना सांसदको समूहले उजुरी परेर अनुसन्धानमा रहेका फाइलहरुसमेत देखाउन भनेपछि आयोगका कर्मचारीले अस्वीकार गर्दा दुई पक्षबीच भनाभनको अवस्था सिर्जना भएको हो।

सांसदहरु युवराज दुलाल, याज्ञमणि न्यौपाने, विष्णुमाया विक र गजला शमीम मिकरानी बुधबार आयोगको इटहरी कार्यालय पुगेका थिए। कार्यलय प्रमुख यज्ञ पुरीले बिफ्रिङ गरेपछि सांसदहरुले परेका सबै उजुरीमा आयोगले किन अनुसन्धान गर्दैन भन्दै फाइल देखाउन आग्रह गरेका थिए। सांसद न्यौपानेले आफूहरू मुद्दाको संख्या मात्रै सुन्न नआएको भन्दै फाइल देखाउन दबाब दिएका थिए।

उनले भने, ‘अनुगमन गर्दा त्यो नहेर्ने हो भने मुद्दाको संख्या त फोन गरेर सोधे पनि पत्ता लागिहाल्थ्यो। बिल्डिङ हेर्ने हो भने, हामी स्ट्रक्चरल इन्जिनियर होइन, यो विषयले हामीलाई केही हुँदैन। के त आजसम्म आएका र अब आउने सांसदको अख्तियारमा आउने भनेको कर्मकाण्डी मात्रै हो?’

जवाफमा अख्तियारका कार्यालय प्रमुख पुरीले भने, ‘कतिपय कानुनी अपर्याप्तताका कारण, अरु कारणले पनि अनुसन्धान रोकिएका छन्। मैले भनेको अनुसन्धान विषय गोप्य रहने कानुनी व्यवस्था छ। अनुसन्धानलाई गोप्य राख्नुपर्छ भन्ने कर्मचारीको कोड अफ इथिक्स पनि छ। यस्तो व्यवस्था भएको कारणले नै मैले चाहिँ प्रस्तुत गर्न सक्दिनँ।’

उनले अनुसन्धानमा रहेका फाइलबारे जानकारी लिने हो भने केन्द्रीय कार्यालयलाई भन्न सुझाए। केन्द्रीय कार्यालयको भनेको अवस्थामा आफूले कागजात उपलब्ध गराउन सक्ने तर अरु अवस्थामा कसैलाई पनि अनुसन्धानमा रहेका फाइल देखाउन नसक्ने कुरा पुरीले पटक पटक सांसदहरुलाई दोहोर्‍याइरहे।

फाइल तस्बिर।

सहसचिव पुरीको भनाइप्रति प्रतिवाद गर्दैै न्यौपानेले फेरि भने, ‘म फेरि पनि भन्छु जाहेरीवालाको नाम पनि नदिनुस्। छोप्दिनुस् यसरी हातले। परेको उजुरी तपाईँले अहिलेसम्म पनि केही नगरिकन यहाँसम्म किन राख्नुभयो भनेर सोध्नका लागि पनि त्यो फाइलको केही न केही त हेर्नुपर्‍यो नि, अनुसन्धानको चिजदेखि बाहेक। परेन?’

सांसद युवराज दुलालले पनि आफूहरु कार्यालयकै अनुगमनका आएको हुनले वस्तुस्थिति थाहा पाउनका लागि फाइल हेर्न पाउनुपर्ने जिकिर गरे।

‘अख्तियारले आफ्नो कार्यसम्पादन कसरी गरिराख्या छ भनेर हामी अनुगमनमा आएको हो। समितिले, सुशासन कायम भएको छ कि छैन, गर्न केके सुधार गर्नुपर्छ भनेर हामी त तपाईँहरुकै अनुगमन गर्न आएको हो,’ दुलालले अगाडि भने, ‘जे जे कुरा कोड अफ कन्डक्टबाट तपाईँले गोप्य राख्नुपर्ने हो, त्यो राख्नुहोस्। जे जे कुरा हामीले थाहा पाउनुपर्छ, त्यो भन्नुस्।’

सुशासन समितिले अरु कारागार र नजिकै रहेको अख्तियारको क्षेत्रीय कार्यालय पनि अनुगमन गरिरहेको सचिव विशाल सापकोटाले जानकारी दिए। राज्य व्यवस्था समितिकै अर्को टोली अख्तियारको कञ्चनपुर कार्यालय र कैलाली कारागार पनि अनुगमनमा गएको छ।

केही दिन अघि भीमफेदी कागरागारसँगै हेटौँडाको अख्तियारको कार्यालयमा राज्य व्यवस्था समितिकै अनुगमन टोली पुग्दा भने कुनै विवाद नभएको पाइएको छ। अनुगमनका लागि हेटौँडा गएकी सांसद् श्रद्धा कुँवरले त्यहाँ कुनै विवाद नभएको जानकारी दिइन्। उनले भनिन्, ‘हामी अनुगमनमा जाँदा कुनै समस्या भएन। हेटौँडाका कार्यालय प्रमुख भर्खर आउनु भएको रहेछ। हामीले उहाँबाट जानकारी लिऔँ ।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…