अ
+
अ
अ
-
काठमाडौँ – ललितकला केन्द्रीय विभागको संयोजन (क्युरेसन) मा ‘समवेत’ शीर्षकको कला प्रदर्शनी सुरु भएको छ।
प्रदर्शनीमा मास्टर्स इन फाइन आर्ट (एमएफए) का २० जना कलाकारका मौलिक कलाकृतिहरू प्रस्तुत गरिएका छन्।
प्रदर्शनीमा चित्रकला, मूर्तिकला, प्रिन्टमेकिङ, भिडियो आर्ट, इन्स्टलेसन तथा पर्फर्मेन्स (न्यू मिडिया कला) लगायत विभिन्न विधाका सिर्जनाहरू समावेश छन्।
‘समवेत’ शीर्षकले विविध सोच, फरक पृष्ठभूमि र कलात्मक दृष्टिकोण भएका कलाकारहरू एउटै साझा मञ्चमा भेला भई आफ्ना सिर्जनामार्फत संवाद गर्ने अवधारणालाई प्रतिनिधित्व गर्ने आयोजकले जनाएको छ।
प्रदर्शनी असार १७ गतेदेखि असार २० गतेसम्म सञ्चालन हुनेछ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी
भर्खरै
लोकप्रिय
