अ
+
अ
अ
-
काठमाडौँ – नेकपा एमालेकी राष्ट्रिय सभा सांसद रामकुमारी झाँक्रीले सरकारले वित्तीय अनुशासन कायम हुने गरी बजेट विनियोजन गर्न नसकेको बताएकी छन्।
शुक्रबार राष्ट्रिय सभामा विभिन्न मन्त्रालयहरूको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले साना–साना आयोजनहरूका लागि विनियोजन गरिएको बजेटलाई हेर्दा सरकारले वित्तीय अनुशासन पालना नगर्ने स्पष्ट भएको बताएकी हुन्।
उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अर्थतन्त्रको स्वरुप परिवर्तन गर्ने भने पनि त्यसअनुसार बजेट नआएको बताइन्।
उनले भनिन्,‘राज्यको अर्थतन्त्रको स्वरुप परिवर्तन गर्ने भन्नु भएको छ। त्यो स्वरुप कसरी परिवर्तन हुन्छ? बजेटमा त केही पनि देखिँदैन र वित्तीय अनुशासनको दृष्टिले हेर्ने हो भने साना–साना स्केलका कार्यक्रमहरुलाई जसरी राखिएको छ, त्यसले वित्तीय अनुशासन कायम गर्ने कुरा देखिँदैन।’
भर्खरै
लोकप्रिय
