प्रदेशस्तरीय फुटबल प्रतियोगितामा हुम्लाको विजयी सुरुवात

प्रदेशस्तरीय फुटबल प्रतियोगितामा हुम्लाको विजयी सुरुवात
+
-
देशसञ्चार AI सारांश
  • हुम्ला जिल्लाले डोल्पालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको र खेल पेनाल्टी सुट आउटमा निर्णय भएको हो।
  • खेलको म्यान अफ द म्याच हुम्लाका गोलकिपर छिरिङ लामा बने र उनलाई नगद पुरस्कार प्रदान गरियो।
  • प्रतियोगितामा दश जिल्लाको सहभागिता रहेको र खेलाडी चयन पनि राष्ट्रिय प्रतियोगिताका लागि गरिनेछ।

हुम्ला – कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सञ्चालन भइरहेको प्रदेशस्तरीय फुटवल प्रतियोगितामा हुम्ला जिल्लाको विजयी सुरुवात भएको छ। राष्ट्रिय प्रतियोगिताका लागि खेलाडीसमेत छनोट हुने सो प्रतियोगिता नकआउट चरणमा खेलहरू खेलाइएको छ।

प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा हुम्लाले डोल्पालाई पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको छ।

नब्बे मिनेटको खेलमा हुम्ला जिल्लाले धेरै अवसर प्राप्त गरे पनि त्यसलाई हुम्लाका खेलाडीले परिणाम निकाल्न सकेनन्। त्यसैगरी सो अवधिमा डोल्पा जिल्लाले पनि अवसर प्राप्त गरे पनि गोलमा परिणत गर्न सकेका थिएननु। सो अवधिमा दुवै टिमबाट कुनै पनि गोल नभएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो।

पेनाल्टीमा हुम्ला जिल्लाका तीनका विरुद्ध चार गोल गर्दै परिणाम आफ्ना पक्षमा पार्न सफल भएको थियो। पेनाल्टी सुट आउटमा हुम्लाले एउटा गोल मिस गरेको थियो भने डोल्पाले दुई गोल मिस गरेको थियो।

अब शनिबार हुने पहिलो क्वाटरफाइनलमा हुम्लाले दैलेखसँग भिड्नेछ। आजको खेलको म्यान अफ द म्याचमा हुम्लाका गोलकिपर छिरिङ लामा छनोट भएका छन्।

उनले प्रतियोगिता पनि नगद एक हजार पाँच सय रुपियाँ प्रदान गरिएको थियो। प्रतियोगितामा दश वटै जिल्लाको सहभागिता रहेको छ। दशौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि यी खेलबाट कर्णाली प्रदेशबाट खेल्ने खेलाडीसमेत छनौट गरिनेछ। बिहीबार सुरु भएको खेलमा रुकुम पश्चिमले मुगुलाई हराएको थियो भने अर्को खेलमा कालीकोटलाई सुर्खेतले हराएको थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…