हुम्लामा उपचार सहज

हुम्लामा उपचार सहज
जनप्रतिनिधिको रोहवरमा स्वास्थ्य संस्थामा औषधि बुझाइँदै। तस्बिरः राजन रावत, हुम्ला
+
-
देशसञ्चार AI सारांश
  • औषधि र जनशक्तिको अभाव भइरहेका बेला सहयोगी हातबाट प्राप्त सहयोगले स्वास्थ्य संस्थाहरूलाई सहज भएको छ।
  • यारी सामुदायिक स्वास्थ्य इकाइमा प्राप्त औषधि र जनशक्तिले बिरामीको उपचार सजिलो बनाएको छ।
  • विभिन्न स्वास्थ्य संस्थामा ४७ प्रकारका औषधि र जनशक्ति सहयोगका लागि नेपाल ट्रष्ट युके मार्फत सहयोग प्राप्त भएको हो।

हुम्ला– सहयोगी हातबाट विभिन्न प्रकारका औषधि र जनशक्ति सहयोग पाएपछि जिल्लाका स्वास्थ्य संस्थालाई सहज भएको छ। भएको औषधि सकिनै लागेको वेला आवश्यक औषधि सहयोग पाएपछि बिरामीको उपचारमा सहज भएको हो।

नाम्खा गाउँपालिका– ५ को यारी सामुदायिक स्वास्थ्य इकाइमा औषधि अभाव भएका बेला आवश्यक औषधि सहयोग र जनशक्तिको ब्यवस्था गरिदिएपछि बिरामीको उपचारमा सहज भएको यारी गाउँका नाम्ग्याल तामाङले जानकारी दिए।

गाउँपालिकाबाट आउने औषधिको अभाव भइरहेका बेला सहयोगी हातबाट औषधिका साथै नर्सिङ जनशक्ति पाउँदा दूरदराजका बिरामीको उपचारमा सहयोग पुगेको उनले बताए।

त्यसैगरी दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका– ३ को सामुदायिक स्वास्थ्य इकाइ मासपुरलाई पनि एक जना एएनएम र औषधि उपलब्ध भएपछि जिल्लाकै दुर्गम क्षेत्रका रुपमा परिचित मासपुर गाउँका बलबहादुर बुढाले बताए।

गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयबाट बिरलै औषधि आइपुग्न उक्त गाउँमा जनशक्ति र औषधि एक साथ सहयोग पाएपछि स्थानीय बासिन्दा निक्कै खुसी भएको उनले बताए। अन्य सरकारी तथा गैरसरकारी निकायको समेत निक्कै कम उपस्थिति रहने मासपुर गाउँको स्वास्थ्य संस्थामा यस पटक ठूलो सहयोग मिलेको उनले बताए।

त्यसैगरी सर्केगार्ड गाउँपालिका– १ को सामुदायिक स्वास्थ्य इकाइ तुम्चामा पनि औषधि र जनशक्ति सहयोग प्राप्त भएको उक्त वडाका सदस्य उब्जन मल्लले बताए। आर्थिक वर्ष सकिनै लागेका बेला औषधि र जनशक्ति सहयोग भएपछि बिरामीलाई उपचार गर्न सहज भएको उनको भनाइ छ।

औषधि र जनशक्ति सहयोग प्रदान गरिएका अन्य स्वास्थ्य संस्थामा नाम्खा गाउँपालिका– २ को सामुदायिक आधारभूत स्वास्थ्य एकाइ केमी, सिमकोट गाउँपालिका– २ को बरगाउँ स्वास्थ्य चौकी, सर्केगार्ड गाउँपालिका– ४ को साँया स्वास्थ्य चौकी र चङ्खेली गाउँपालिका– ४ को पिप्लाङ प्रसूतिगृह छन्।

यी सात वटै स्वास्थ्य संस्थामा उपचार सेवा सहज रुपमा प्रदान गर्न जनशक्तिमा एचए, एएनएम, स्टाप नर्स र औषधि प्रदान गरिएको सिप नेपाल हुम्लाका संयोजक कालीबहादुर भण्डारीले बताए।

सात वटै स्वास्थ्य संस्थामा ४७ प्रकारमा औषधि र एक एक जना जनशक्ति उपलव्ध गराइएको उनले बताए।
यसका लागि सात लाख ८१ हजार ४३३ रुपैयाँ बराबरको औषधि सहयोग गरिएको छ। यसका लागि आर्थिक सहयोग नेपाल ट्रष्ट युके र बिकास कोष ( युएनएफ ) र सहजीकरण सीप नेपालको रहेको छ।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…