लुम्बिनी प्रदेश सभाः थारु समुदायका प्रथाजनित परम्परासम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

लुम्बिनी प्रदेश सभाः थारु समुदायका प्रथाजनित परम्परासम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो
+
-

दाङ – लुम्बिनी प्रदेश सभामा पेश भएको ‘थारु समुदायका प्रथाजनित परम्परासम्बन्धी विधेयक’ दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको छ।

प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत आइतबार बसेको ११ औं बैठकमा सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले उक्त विधेयकलाई विषयगत समितिमा पठाउने प्रस्ताव पेश गरेका थिए।

मन्त्री तिमिल्सिनाले पेश गरेकाे प्रस्तावलाई सभामुख तुलाराम घर्तीमगरले निर्णयार्थ सभामा प्रस्तुत गरेका थिए । सभाले उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेपछि विधेयक दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको हो।

अब सामाजिक विकास समितिले विधेयकका प्रत्येक दफामाथि विस्तृत छलफल गरी प्रतिवेदन तयार गर्नेछ । समितिको प्रतिवेदनपछि विधेयक पुनः प्रदेश सभामा पेश हुने र त्यसउपर थप छलफल तथा पारित प्रक्रियाअघि बढाइनेछ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…