देउरालीको सौन्दर्य (तस्बिरहरू)

देउरालीको सौन्दर्य (तस्बिरहरू)
+
-

काठमाडौँ– वर्षाको समय छ। बादल लाग्दा झरी, खुल्दा गर्मी हुने यो समयमा नेपालका पहाडहरू मनमोहक भइदिएका छन्।

बसन्त ऋतुमा पलाएका पालुहरू हुर्किएर वन हरियाली भइदिएको छ। काठमाडौँको कोलाहलदेखि हेटौडा पुग्दा करिब ४५ किलोमिटरको दुरीमा पर्छ देउराली।

काठमाडौँ-कुलेखानी-देउराली भएर हेटौडा पुग्ने सडकखण्डमा अहिले पहाडै मनमोहक भएको देख्न सकिन्छ। हरियाली पहाडलाई उडी आउने बादलुले लुकामारी गर्दाको दृष्य अझ स्मरणीय देखिन्छ।

देउराली काठमाडौँ–हेटौडा सडकखण्डमा यात्रा गर्ने सवारीसाधनहरू खाना खान र विश्राम गर्न रोक्ने प्रमुख स्थानका रूपमा पनि परिचित छ।

देउराली प्राकृतिक सौन्दर्यका लागि मात्र होइन, ऐतिहासिक महत्वका कारण पनि परिचित छ। यातायातको आधुनिक सुविधा विकास हुनुअघि मकवानपुरको धोर्सिङदेखि काठमाडौँको मातातीर्थसम्म सामान ढुवानी गर्न प्रयोग गरिएको नेपालको पहिलो रोप-वे यही क्षेत्रबाट सञ्चालनमा आएको थियो।

राणा प्रधानमन्त्री चन्द्र शम्शेरको पहलमा १९६३ सालमा अमेरिकी सरकारको सहयोगमा निर्माण गरिएको उक्त रोपवेको इतिहास झल्काउने केही संरचनाहरू आज पनि देउराली क्षेत्रमा देख्न सकिन्छ।

तस्बिरहरू:


तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…