प्रधानमन्त्री मस्तिष्कमा उत्तर कोरिया बोकेर हिड्नुभएको भान भइरहेको छ: आङ्देम्बे

प्रधानमन्त्री मस्तिष्कमा उत्तर कोरिया बोकेर हिड्नुभएको भान भइरहेको छ: आङ्देम्बे
फाइल तस्बिर
+
-
देशसञ्चार AI सारांश
  • भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहको भूमिका अलोकतान्त्रिक रही उत्तर कोरियाको झझल्को दिएको बताएका छन्।
  • उनले सरकारको कार्यशैली सहकारी भन्दा टकरावपूर्ण र एकल निर्णयलाई प्राथमिकता दिने देखिएको आरोप लगाए।
  • सरकार साझा धारणा बनाउन असफल भएर उल्टो गन्तव्यमा गएको र सही गन्तव्यमा नपुग्ने बताएका छन्।

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाह मस्तिष्कमा उत्तर कोरिया बोकेर हिडेको जस्तो भान भइरहेको बताएका छन्।

सहकार्य, सम्वाद केही पनि नगरेको भन्दै उनले प्रधानमन्त्री अलोकतान्त्रिक बन्दै गएको र मस्तिस्कमा उत्तर कोरिया बोकेर हिडिरहेको जस्तो भान भएको बताएका हुन्। ‘प्रधानमन्त्री जी लोकतान्त्रिक संविधानको बाटो बाट आउनुभयो। तर मस्तिष्कमा उत्तर कोरिया बोकेर हिड्नुभएको भान मलाई भइरहेको छ। यो राम्रो संकेट पटक्कै होइन’, आङ्देम्बेले भने।

सरकार उल्टो गन्तव्यमा हिडेकोसमेत उनको आरोप छ। ‘राष्ट्रिय महत्वका विषयमा साझा धारणा बनाएर अघि बढ्नुपर्ने थियो। तर सरकार एक्लै अघि बढ्न खोज्यो। स्मरण सहोस्। खुट्टा सुल्टो, जुत्ता उल्टो लगाएर गन्तव्यमा पुगिदैन। लोकतान्त्रिक बाटो सुल्टो हो। सुल्टोबाट आएका प्रधानमन्त्री जीले जुत्ता उल्टो लगाउने खोजेपछि निश्चित छ सही गन्तव्यमा पुग्न सकिँदैन। गन्तव्यमा पुग्न सुल्टै बाटो हिड्नुपर्छ’, उनले भने।

सरकारको कार्यशैली हेर्दा सहकार्यभन्दा टकराब र परामर्शभन्दा एकल निर्णयलाई प्राथमिकता दिएको देखिएको आङ्देम्बेले बताए। ‘लोकतन्त्र सम्वादले चल्छ। सहमतिबाट उघि बढ्छ। र असहमितलाई पनि सम्मान गर्छ। तर विगत १०० दिनमा सरकारको कार्यशैली हेर्दा सम्वाद भन्दा दुरी। सहकार्यभन्दा टकराब र परामर्शभन्दा एकल निर्णयलाई प्राथमिकता दिएको देखियो’, उनले भने।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…