कांग्रेसको प्रश्नः यो देश कालो चश्मा लगाएर कालै गाडीमा हुँइकिनेहरूको मात्रै हो?

कांग्रेसको प्रश्नः यो देश कालो चश्मा लगाएर कालै गाडीमा हुँइकिनेहरूको मात्रै हो?
+
-

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले यो देश कालो चश्मा, कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको मात्र नभएको बताएका छन्।

सोमबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहलाई लक्षित गर्दै उनले यस्तो बताएका हुन्। उनले कोही पनि नागरिकको बसोवास गरैकानुनी हुन सक्ने तर जन्म गैरकानुनी हुन नसक्ने बताए।

उनले सुकुम्वासीहरूको दिगो व्यवस्थापन व्यवहारमूखी कोणबाट गर्न माग गरे। समाधानको नाममा हजारौँ सुकुम्वासी र अव्यवस्थित बसोवासी नागरिकलाई वर्षायामको मुखमा वैकल्पिक व्यवस्थाबिना विस्थापित गर्नु सरकार संवेदना शून्य भएको लक्षण भएको बताए।

व्यवस्थापनको नाममा सुकुम्वासी बस्तीबाट बलपूर्वक हटाउने र आश्रयस्थलमा राख्ने तर पछि रातारात धपाउने कुरा राम्रो नभएको उनको भनाइ थियो।

उनले भने, ‘हिजो व्यवस्थापनको नाममा सुकुम्वासी बस्तीबाट बलपूर्वक हटाउने र आश्रय स्थलमा राख्ने, अनि आज त्यहाँबाट रातारात धपाउने। आज त्यही क्रियाकलाप हामीहरूले देखिराखेका छौँ। के यो देश ठूलाबडाको मात्रै हो? कालो चस्मा लाउने, कालै कोट र कालै पाइन्ट लगाएर कालै गाडीमा हुँइकिनेहरूको मात्रै हो? सुकुम्वासी अव्यवस्थित बसोवासी गरिब किसान र मजदूरहरूको यो देश होइन? होइन भने भन्नुपर्‍यो। यदि हो भने किन अत्याचार गरिन्छ शक्तिहीन नागरिक माथि?’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…