- हुम्लाको सर्केगार्ड गाउँपालिकामा सम्पन्न स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकसहितको टोलीले पहिलो पटक सेवाहरू प्रदान गर्यो।
- शिविरमा ४९४ जना बिरामी लाभान्वित भए, जसमा ३११ महिला, १८३ पुरुष र १२० बालबालिका सामेल थिए।
- शिविर आयोजना सामाजिक सेवाभावअनुसार गरी दुर्गम बस्तीसम्म घरमै स्वास्थ्य सेवा पुर्याएको जनाइएको छ।
हुम्ला– सर्केगार्ड गाउँपालिकाको दूरदराजका वडाका एकीकृत स्वास्थ्य शिबिर सम्पन्न भएको छ। दुर्गमका कतिपय बिरामीले पहिलो पटक विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीको टोलीले स्थानीयलाई सेवा दिएको हो।
शिविरमा ९४ वर्षका काल्च्या रोकायाले उपचार पाएपछि खुसी ब्यक्त गरे। उनले अरु वेला स्वास्थ्यकर्मीसँग उपचार गरे पनि यस पटक भने डाक्टरसँग स्वास्थ्य सेवा लिन पाएको बताए।
सर्केगार्ड गाउँपालिका– ७ र ८ का दुर्गमका बस्तीमा दुई दिनसम्म सञ्चालन भएको शिबिरमा ४९४ जना बिरामी लाभान्वित भएको शिबिर आयोजना हेल्थ अस मेडिकल सेन्टरका प्रमुख नारायण फडेराले जानकारी दिए।
सेन्टरले सामाजिक सेवाभाव र सामाजिक उत्तरदायित्वअन्तर्गत एकीकृत स्वास्थ्य शिविर आयोजना गरेको हो। तीन जना चिकित्सक र स्वास्थ्यकर्मीको उपस्थितिमा राहादेव र रोडीकोट गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्दा बिरामीले घरआँगनमै स्वास्थ्य सेवा प्राप्त गर्न पाउँदा खुसी लागेको बताए।
उक्त शिविरमा ३११ जना महिला र १८३ जना पुरुषले उपचार गराएका थिए।। उपचार गरिएकामध्ये १२० बालबालिका र १०६ ज्येष्ठ नागरिक रहेका छन्।
शिविरमा चिकित्सक भीम बुढा र विवेश याद तथा सर्केगार्ड गाउँपालिकाकी चिकित्सक ईश्वरी पौडेलले उपचार गरेका थिए।
त्यसैगरी, सर्केगार्ड गाउँपालिकाका स्वास्थ्यकर्मी र रोडीकोट स्वास्थ्य चौकी तथा राहदेव स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्यकर्मी पनि परिचालन गरिएको थियो।
भर्खरै
लोकप्रिय
