काठमाडौँ – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारको ट्रेड युनियन खारेज गर्ने मनशाय नरहेको बताएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९ माथिको सैद्धान्तिक छलफलको क्रममा सांसदहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। उनले सरकारले सबै ट्रेड युनियनहरुलाई एकीकृत गरेर अघि बढाउन चाहेको बताए।
उनले उक्त महासन्धिअनुसार तत्काल कानुन निर्माण गरी सरकारले त्यसको कार्यान्वयनका लागि कडा अनुगमन गर्ने योजना पनि बताए।
उनले भने, ‘ट्रेड युनियन खारेज गरेको होइन, एकीकृत गरेर आउनुस् भनेको हो। हामीले यो महासन्धि अनुमोदन गरेपछि सोहीअनुसार कानुन बनाउने हो।’
मन्त्री यादवले सरकारले संघीयताको मर्मअनुसारको श्रमिकहरूको हित प्रवर्द्धनका लागि अनुगमनकारी निकायलाई प्रभावकारी रुपमा परिचालन गर्ने प्रतिaद्धतासमेत व्यक्त गरे।
भर्खरै
लोकप्रिय
