तत्काल बामपन्थी एकता हुँदैन, एमालेमा आउन चाहनेलाई स्वागत छ: ओली

तत्काल बामपन्थी एकता हुँदैन, एमालेमा आउन चाहनेलाई स्वागत छ: ओली
+
-

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पार्टी एकता नहुने बताएका छन्।

पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले वामपन्थी शक्तिहरूको एकता भन्दै पार्टी एक हुने विषय अहिले तत्काल सम्भव नभएको बताएका हुन्। उनले आउन चाहनेलाई भने पार्टीको ढोका सधैँ खुला रहेको पनि बताए।

एमालेले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनबारे सुझाव संकलन गर्ने क्रममा मंगलबार सल्लाहकार परिषद्का सदस्यहरूमाझ सुझाव संकलन गरेको हो।

सोही कार्यक्रममा उनले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बालेन्द्र शाहको भक्तिगानमा लागेको आरोप पनि लगाए।

उनले भने- ‘प्रचण्डजी बालेनको भक्तिगानमा लाग्या छन्।’

एमालेले यसअघि विभिन्न प्रदेश, मातहत कमिटीसँग एमालेले सुझाव संकलन गरिसकेको छ।

वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठित कार्यदलले उक्त काम गरिरहेको छ । आज अन्तिम सुझाव संकलन गरेको कार्यदलले अब २५ असारमा प्रतिवेदन लेखनका लागि बैठक बस्ने कार्यसूची तय गरेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…