- हुम्लामा रैथाने धान बालीको खेती लामो समयदेखि निरन्तर हुँदै आएको र पौष्टिक गुणस्तरका कारण प्रचलित छ।
- बाहिरी बीउको अभाव र रैथाने धानको सूखा सहनशीलताका कारण किसानहरूले यसलाई प्राथमिकता दिएका छन्।
- हुम्लामा एक हजार हेक्टर क्षेत्रफलमा रैथाने धान खेती हुन्छ, जस मध्ये आधा क्षेत्र सिंचाइ सुविधा प्राप्त छ।
हुम्ला – हिमाली जिल्ला हुम्लामा रैथाने बीउको धानखेती हुने गरेको छ। बाहिरको धान बीउ जिल्लामा नभित्रिनु र हुम्लाकै रैथाने धान पौष्टिक रुपमा धेरै गुणस्तरीय भएका कारण यसको खेती हालसम्म कायमै रहेको हो।
सर्केगार्ड गाउँपालिका– ३ को उनापानी गाउँका ७१ वर्षका दानबहादुर फडेराले आफ्नो गाउँमा बुवा र बाजेको पालामा लगाउदै आएको रैथान धानको खेती अहिले पनि जारी रहेको बताए।
सरकारी तथा गैरसरकारी संस्थाले आधुनिक जातका धानको बीउ ल्याइदिने सुझाव दिए पनि गाउँवासीले यस कुरामा असमति भएका कारण रैथाने धानको खेती हुँदै आएको उनको बुझाइ छ।
रैथाने धानको खेती गर्दा सिँचाइ भए राम्रो र सिँचाइको समस्या भए सुख्खा हुने खालको भएकाले उत्पादनमा खासै फरक नपर्ने किसान बताउँछन्।
करिब तीन सय वर्ष पहिलेबाट हुम्लामा स्थानीय जातको धानखेती हुँदै आएको छ। हुम्लामा बिशेष गरि झिनुवा, अनदी, जुम्ली मार्सी मुख्य रैथाने धान बाली भएको र यसको खेती पुस्तौदेखि निरन्तर चली रहेको कृषि बिकास कार्यालयका प्रमुख चुडामणी पन्तले बताए। उहना अनुसार हुम्लाका अन्य रैथाने धान बालीको जातमा जुगे, दुधे, धैनाले, धोको, कालो लुम्सेरो, खच्चे, रतनपुरेयी रहेको र यसको खेती हाल जिल्लाका धान खेती हुने वस्तीमा भइरहेको छ।
सिँचाइ, कम मिहिनेत, खेती किसानीमा कम रुचिको कारण धान बालीबाट उत्पादनमा केही कमी आएको बताउदै तर उत्पादन राम्रै हुने गरेको उनले जानकारी दिए।
रैथाने धान पौष्टिक रुपमा बढी उपयोगी भएको कारण यसको भात खाए भोगै नगलाग्ने हुन्छ। अर्को कुरा रैथाने धानवालीलाई सुख्खा सहन शक्ति भएको कारण पनि किसानहरु यसको खेतीमा बढी रुचि रहेको भनाई उनको छ। जिल्लाभर एक हजार हेक्टरमा रैथाने धानी खेती हुने गरेको र त्यसमा पाँच सय हेक्टर खेतमा सिंचाई सुविधा रहेको छ। हुम्लामा प्रति हेक्टर चार दशमलव तेह्र मेट्रिकटन उत्पादकत्व रहेको कार्यालयले जनाएको छ।
भर्खरै
लोकप्रिय
