नेपाली काँग्रेसको इतर पक्षको जोड: पहिलो प्राथमिकता पार्टी एकता, साउन ६ मा राष्ट्रिय भेला

नेपाली काँग्रेसको इतर पक्षको जोड: पहिलो प्राथमिकता पार्टी एकता, साउन ६ मा राष्ट्रिय भेला
+
-
देशसञ्चार AI सारांश
  • नेपाली काँग्रेसको नेताहरूले पार्टी एकतालाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा राख्दै त्यसै अनुसार अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
  • गगन थापा संयोजक हुँदा अद्यावधिक सदस्यताको मान्यता स्वीकार नगरे विकल्प खोज्नुपर्ने तर्क बैठकमा उठाइएको थियो।
  • नेताहरूले मुलुकको लोकतान्त्रिक प्रणाली संकटमा परेको र सरकारले संसदलाई छल्न खोजेको विषयमा छलफल आवश्यक ठाने।

काठमाडौँ- नेपाली काँग्रेसको संस्थापन इतर पक्षका नेताहरूले पार्टी एकतालाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा राखेका छन्।

बुधवार चुनदेवीस्थित सम्पर्क कार्यालयमा सम्पन्न बैठकमा नेताहरूले यस्तो धारणा राखेको नेता मीन विश्वकर्माले जानकारी दिए।

उनका अनुसार गगन थापा संयोजक रहँदा अद्यावधिक भएको पार्टी सदस्यताको विवरणलाई मान्यता दिएको खण्डमा एकता गर्ने, नभए विकल्प खोज्नुपर्ने समेत नेताहरूको तर्क छ।

बुधवारको बैठकमा १९ जना नेताहरूले आफ्ना धारणा राखेका थिए, जसमा अधिकांशले पार्टी एकतालाई नै केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिएको नेता विश्वकर्माले बताए।

बैठकमा पार्टीको आन्तरिक विषयमा मात्र केन्द्रित नभई मुलुकको समग्र राजनीतिक अवस्थाबारे पनि छलफल भएको थियो।

लोकतान्त्रिक प्रणालीमाथि संकट बढ्दै गएको, संविधानका अंगहरूमाथि हस्तक्षेप भइरहेको तथा सरकारले संसदलाई छल्दै बाहिरबाट कानून निर्माण र शासन सञ्चालन गर्न खोजेको भन्दै यसतर्फ समेत छलफल केन्द्रित गर्नुपर्ने नेताहरूको धारणा थियो।

बैठकको निष्कर्षबारे जानकारी दिँदै नेता विश्वकर्माले भने, “सबै साथीहरूको निष्कर्ष पार्टी एकतालाई पहिलो प्राथमिकता दिनुपर्छ भन्ने छ। सदस्यता नवीकरणको प्रक्रिया गगन थापा संयोजक हुँदा जसरी टुंगिसकेको थियो, त्यसलाई मान्यता दिएर अघि बढ्नुपर्छ। यदि त्यसो गर्न तयार नभएको अवस्थामा विकल्पमा जानुपर्छ भन्ने ढंगले धारणाहरू आएका छन्।”

उनले मुलुकको लोकतान्त्रिक प्रणाली संकटमा परेको र सरकारले संसद छलेर शासन गर्न खोजेको विषयलाई पनि आगामी दिनमा छलफलको एजेन्डा बनाइने बताए।

तीन दिनसम्म चलेको इतर पक्षको यो बैठकको समग्र निष्कर्ष बिहीबार निश्चित समय तोकेर सार्वजनिक गरिने भएको छ।

यसैगरी, बैठकले वीपी स्मृति दिवसको अवसर पारेर आगामी साउन ६ गते इतर पक्षको राष्ट्रिय भेला गर्ने सैद्धान्तिक सहमति गरेको छ।

मौसमको अवस्थालाई हेरेर भेलाको समय केही तलमाथि भए पनि साउन महिनाभित्रै कार्यक्रम सम्पन्न गरिसक्ने नेता विश्वकर्माले जानकारी दिए।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…