कोटेश्वर–बालकुमारी सडकमा हरायो फुटपाथ, पैदलयात्री जोखिमपूर्ण यात्रा गर्न बाध्य (तस्बिरहरू)

कोटेश्वर–बालकुमारी सडकमा हरायो फुटपाथ, पैदलयात्री जोखिमपूर्ण यात्रा गर्न बाध्य (तस्बिरहरू)
+
-

काठमाडौँ – संघीय राजधानी काठमाडौँ उपत्यकाको अत्यन्त व्यस्त कोटेश्वर–बालकुमारी सडकखण्डमा पैदलयात्रीका लागि सुरक्षित फुटपाथको अभाव देखिएको छ। फुटपाथ निर्माण गरिएका केही स्थानबाहेक अधिकांश क्षेत्रमा पैदलयात्रु जोखिम मोलेर सडकको किनार हुँदै हिँड्न बाध्य भएका छन्।

यस सडकखण्डमा नालीमाथि केही दूरीसम्म नियमित फुटपाथ निर्माण गरिएको भए पनि त्यसपछि अचानक फुटपाथ अन्त्य हुने र त्यसको सट्टा फलामका प्लेट राखिएको अवस्था छ। ती फलामका प्लेटहरू धेरै स्थानमा भासिएका छन् भने कतिपय ठाउँमा फलाम नै निस्किएको छ। जोखिम कम गर्न केही स्थानमा अस्थायी रूपमा बाँस टेकेर काम चलाइएको देखिन्छ।

स्थानीयका अनुसार भासिएको फलामका कारण कतिपय पैदलयात्रीको खुट्टासमेत फसेको छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा रातिको समयमा हिँड्नेहरूका लागि यो अवस्था अझ जोखिमपूर्ण बनेको छ।

फलामका प्लेट कुनै पनि बेला भासिन सक्ने डरका कारण धेरै पैदलयात्री फुटपाथ छाडेर सडकको किनार हुँदै हिँडिरहेका देखिन्छन्। यसले तीव्र गतिमा गुड्ने सवारीसाधनसँग दुर्घटनाको जोखिमसमेत बढाएको छ।

संघीय राजधानीकै व्यस्त सडकमा पैदलयात्रीका लागि सुरक्षित र निरन्तर फुटपाथको व्यवस्था नहुँदा दैनिक हजारौं सर्वसाधारण प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

तस्बिर: नेपाल फोटो लाइब्रेरी

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…