विद्युतीय समस्याबारे सुनुवाइ भएनः उद्योगी

विद्युतीय समस्याबारे सुनुवाइ भएनः उद्योगी
+
-
देशसञ्चार AI सारांश
  • मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा बढ्दो विद्युतीय समस्या समाधान गर्न विद्युत प्राधिकरणसंग मोरङ उद्योग ब्यापार संघले माग गरेको छ।
  • विद्युत आपूर्ति अस्थिर हुँदा उद्योगका महंगा मेसिनमा क्षति पुगेको भन्दै अध्यक्ष राठीले गम्भीर चिन्ता व्यक्त गरे।
  • विद्युत समस्या उद्योगहरूमा उत्पादन प्रणाली अवरुद्ध हुनुका साथै श्रमिकलाई कामविहीन बनाएको अध्यक्ष राठीले बताए।

मोरङ – विराटनगरस्थित मोरङ उद्योग ब्यापार संघले मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा बढ्दै गएको विद्युतीय ट्रिपिङ, अघोषित लोडसेडिङ तथा कम भोल्टेजको समस्याले उद्योगी मर्कामा परेको जनाएको छ।

संघका अध्यक्ष अनुपम राठीले पछिल्लो समय सो क्षेत्रमा देखिएको विद्युतीय समस्या समाधानका लागि विद्युत प्राधिकरणसंग माग समेत गरेका छन्। अध्यक्ष राठीले वर्षायाममा समेत विद्युत आपूर्ति नियमित हुन नसक्दा उद्योगहरूको उत्पादन प्रणाली नै प्रभावित बनेको बताएका छन्।

उनले भने, ‘अहिले वर्षाको समय हो। यतिवेला विद्युतीय समस्या नहुनुपर्ने हो। तर पूर्वसूचनाविनै दैनिक रूपमा विद्युत अवरुद्ध हुने गरेको छ। ट्रिपिङको समस्या छ। त्यसैगरि, एकाएक न्यून भोल्टेज हुदाँ उद्योगीको उत्पादन र काममा समेत समस्या पर्न थालेको छ।’

अध्यक्ष राठीले विद्युत आपूर्तिको अस्थिरताका कारण उद्योगमा जडान गरिएका करोडौँ रुपैयाँ मूल्यका आधुनिक मेसिन, इलेक्ट्रोनिक प्यानललगायतमा क्षति पुग्न थालेको गुनासो गरे।

अध्यक्ष राठीले भने, ‘उद्योगीले ऋणपान गरेर उद्योग स्थापना गरेको हुन्छ। सरसमान नयाँ मेशिन नयाँ जडान गरेको हुन्छ। तर विद्युतको समस्या मेशिनमा खराबी आउँछ। यसले हामीलाई मर्मतसम्भारमा ठूलो अतिरिक्त खर्च व्यहोर्नुपर्ने अवस्था छ।’

उनका अनुसार मुख्य गरि प्लास्टिक, स्टिल, सिमेन्ट, खाद्य तथा रासायनिक उद्योगमा उत्पादन प्रक्रियाकै बीचमा विद्युत आपूर्ति अवरुद्ध हुँदा उत्पादनको प्रक्रियामा रहेका कच्चा पदार्थ विग्रने गरेको छ। विद्युत् आपूर्ति अनियमित हुँदा उद्योगमा कार्यरत श्रमिकसमेत लामोसमयसम्म कामविहनी अवस्थामा बस्नुपर्ने बाध्यता सृजना भएको उनले बताए।

अध्यक्ष राठीले उद्योगीहरूको समस्या समाधानमा सम्बन्धित निकायले आवश्यक गम्भीरता नदेखाएकोमा असन्तुष्टि ब्यक्त गरेका हुन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…