जनताले परिणाममुखी विधिको शासन खोजेका छन्: राजेश हमाल

जनताले परिणाममुखी विधिको शासन खोजेका छन्: राजेश हमाल
+
-
देशसञ्चार AI सारांश
  • अभिनेता राजेश हमालले बालेन सरकारको पहिलो सय दिनको मूल्यांकन जनताले अनुभूत गरेका परिणामका आधारमा हुनुपर्ने बताएका छन्।

  • उनले हालैको युवा आन्दोलनलाई जनताभित्रको असन्तुष्टि र परिवर्तनको आकांक्षा उजागर गर्ने शान्तिपूर्ण विरोधको उदाहरण मानेका छन्।

  • राजेशले नेपालको राष्ट्रिय हित ध्यानमा राख्दै स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने र सुशासनको महत्वमा जोड दिएका छन्।

काठमाडौँ- अभिनेता राजेश हमालले कुनै पनि सरकारको पहिलो सय दिनको मूल्यांकन केवल घोषणा वा प्रतिबद्धताका आधारमा नभई जनताले अनुभूत गरेका परिणामका आधारमा हुनुपर्ने बताएका छन्।

उनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको सय दिनका विषयमा सामाजिक सञ्जालमा पोस्ट लेख्दै सरकारको कार्यसम्पादन, राष्ट्रिय हित, लोकतन्त्र, युवा आन्दोलन र विधिको शासनबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

अहिले नेपाली जनताले भाषणभन्दा बढी जबाफदेहिता, रोजगारी, न्याय र सुशासनको अपेक्षा गरेको उनले उल्लेख गरेका छन्। उनले अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा पनि बोलेका छन्- ‘शक्तिशाली राष्ट्रहरूको रणनीतिक प्रतिस्पर्धाले प्रभावित आजको विश्वमा नेपाल सधैँ आफ्नो राष्ट्रिय हितबाट निर्देशित हुनुपर्छ।’

राष्ट्रिय हितका विषयमा उनले बदलिँदो अन्तर्राष्ट्रिय परिवेशमा नेपालले स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने बताएका छन्।

‘हामी सबैसँग मित्रताको हात बढाऔं, तर कुनै पनि शक्तिको प्रभावले हाम्रो सार्वभौमिकता र स्वतन्त्र निर्णय क्षमतालाई ओझेलमा पार्न नदिऔं,’ राजेशले लेखेका छन्।

उनले नेपाल राष्ट्रिय हितबाट निर्देशित हुनुपर्ने बताएका छन्। हालैको युवा आन्दोलनबारे पनि उनले टिप्पणी गरेका छन्।

राजेशले लेखेका छन्, ‘हालैको युवा आन्दोलनले जनताभित्र रहेको वास्तविक असन्तुष्टि र परिवर्तनको आकांक्षालाई उजागर गरेको छ। शान्तिपूर्ण विरोध लोकतन्त्रको प्राण हो, तर हिंसा र आगजनी लोकतन्त्रको भाषा हुन सक्दैन।’

उनले आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गर्नेहरू सम्मानका पात्र भएको तर अपराध गर्ने जोसुकै भएपनि निष्पक्ष रूपमा कानुनी दायरामा ल्याइनुपर्ने बताएका छन्। साथै नेपालको हितका लागि एक हुन आग्रह गर्दै लेखेका छन्- ‘राजनीतिक विचारधाराप्रतिको निष्ठाभन्दा नेपालप्रतिको हाम्रो प्रेम अझ महान् होस्।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…