अ
+
अ
अ
-
काठमाडौँ- राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको निधन भएको छ। मुगुको सोरु गाउँपालिका- १ का २५ वर्षीय नेपालीको उपचारका क्रममा निधन भएको वीर अस्पताल स्रोतले पुष्टी गरेको छ।
बिहीबार आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो। उनको वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरमार्फत उपचार भइरहेको थियो।
काठमाडौँ प्रहरी प्रवक्ता एसपी पवन भट्टराईका अनुसार नेपालीको बिहान ११:२० मा निधन भएको हो।
यता, प्रहरीले सोही प्रकरणमा तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएको छ। शुक्रबार २ जना महिला र १ जना पुरूष नगर प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे।
साेधपुछका लागि उनीहरूलाई नियन्त्रणमा लिएकाे प्रहरी परिसर काठमाडौँले जानकारी दिएकाे छ।
‘राइड सेयरिङ’मार्फत जीविकोपार्जन गर्दै आएका नेपालीको बाइकमा नगर प्रहरीले ‘ह्वील लक’ लगाइदिएका कारण आत्मदह प्रयास गर्न बाध्य भएको उनको परिवार र आफन्तको दाबी छ।
भर्खरै
लोकप्रिय
