- पूर्वमन्त्री सुमना श्रेष्ठले गणेश नेपालीको आत्मदाहको विषयमा राजनीति दाउपेचभन्दा माथि उठेर आत्मसमीक्षा गर्न आवश्यक रहेको बताइन्।
- उनले नागरिकलाई व्यवस्थासँग लड्नुभन्दा आत्मदाह सहज लाग्नु गम्भीर मनोवैज्ञानिक स्थिति भएको र रोक्नैपर्ने बताइन्।
- श्रेष्ठका अनुसार सिकिएको लाचारीमा नागरिकले व्यवस्थासँगको संघर्षमा हारेको महसुस गर्दा उनी आत्मदाहको निर्णय गर्छन्।
काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले गणेश नेपालीलाई व्यवस्थासँग लड्नुभन्दा आफ्नै शरीरमा आगो लगाउन किन सहज लाग्यो भन्ने विषयमा आत्मसमीक्षा गर्न आवश्यक रहेको बताएकी छ।
उनले शुक्रबार फेसबुकमा स्टाटस लेख्दै गणेशलाई आफूलाई मद्दत गर्ने कोही छैन भन्ने महसुस किन भयो भन्ने विषयमा राजनीति दाउपेचभन्दा माथि उठेर गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताएकी हुन्।
यस विषयमा पीडित परिवारलाई झन् पीडा दिने गरी चरम बचाउ गर्न बन्द गर्नुपर्ने उनको भनाइ छ।
उनी भन्छिन्, ‘गणेशजीलाई “यो अ/व्यवस्थासँग लड्नु” भन्दा आफ्नो शरीरमा आगो लगाउनु किन सहज लाग्यो होला? उनी चरम लाचारी (HELPLESSNESS) को यस्तो अवस्थामा कसरी पुगे, र उनलाई आफ्नो मद्दत गर्ने कोही छैन भन्ने महसुस किन भयो? यस विषयमा राजनीतिक दाउपेच वा पीडित परिवारलाई झन् बढी पीडा दिने चरम बचाउ (defensiveness) भन्दा माथि उठेर गम्भीर आत्मसमीक्षा गर्न आवश्यक छ। अब अर्को कुनै नेपालीको यस्तो अकाल मृत्यु रोक्नै पर्छ!’
नागरिकलाई राज्यको अव्यवस्थासँग लड्नुभन्दा आफ्नै शरीरमा आगो लगाउनु सहज लाग्ने अवस्था आउनु भयानक भएको उनले बताइन्।
उनी भन्छिन्, ‘जब कुनै नागरिकलाई अ/व्यवस्थासँग लड्नुभन्दा आफ्नो शरीरमा आगो लगाउनु सहज लाग्छ, त्यो रिसको झोँकमा चालिएको हठात् कदम मात्र हुँदैन। यो त मनोविज्ञानमा भनिने ‘सिकिएको लाचारी’ (learned helplessness) को अन्तिम र भयानक रूप हो— एउटा यस्तो मानसिक अवस्था जहाँ व्यक्तिले बाँच्नका लागि इमानदार प्रयास गर्छ, तर हरेक पटक उसले हार महसुस गर्छ।’
भर्खरै
लोकप्रिय
