काठमाडौँ – सरकारले नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको जनाएको छ।
शुक्रबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएको हो। केही दिनअघि नेपालमा दलाई लामाको जन्मदिन मनाउन सरकारले अनुमति दिएसँगै संसद्मा नेपाल एक चीन नीतिविपरीत गएको हो? भन्दै प्रश्न उठेको थियो।
सोही प्रश्नको जवाफमा सरकारले नेपाल आफ्नो भूमि कुनै पनि छिमेकी मुलुकको हित विपरीत प्रयोग हुन नदिने आफ्नो स्थापित नीतिमा अडिग रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए।
उनले भने, ‘नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ। नेपालले आफ्नो भूमि कुनै पनि छिमेकी मुलुकको हितविपरीत प्रयोग हुन नदिने आफ्नो स्थापित नीतिमा अडिग छ। हामी हाम्रो भूमि, नेपाली भूमि कुनै पनि मित्र राष्ट्रको हित विपरीत प्रयोग हुन नदिने र नहुने विषयमा प्रतिबद्ध छौँ। सोही प्रतिबद्धताबमोजिम सरकारको नीति र सरकारको अडान यथावत छ।’
भर्खरै
लोकप्रिय
