गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति सांसद शर्माको आपत्ति

गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति सांसद शर्माको आपत्ति
+
-
देशसञ्चार AI सारांश
  • गृहमन्त्री सुधन गुरुङलाई प्रश्न गर्ने सांसदहरुप्रति आक्रोश पोख्दा नेकपाका सांसद गोपाल शर्माले आपत्ति जनाएका छन्।

  • गृहमन्त्री गुरुङको टिप्पणीलाई सरकारको कामको जवाफ दिन असफल भनिएको भन्दै सांसद शर्माले आपत्तिजनक ठहर गरे।

  • सरकारका प्रतिनिधिहरूले संसदमा जिम्मेवारीपूर्वक उपस्थित हुने र प्रश्नहरूलाई गम्भीर रूपमा लिने आग्रह गरियो।

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले संसदमा दिएको अभिव्यक्तिप्रति नेकपाका सांसद गोपाल शर्माले आपत्ति जनाएका छन्।

गणेश नेपाली मृत्यु प्रकरणमा सांसदहरुले संसदमा कुरा उठाएपछि जवाफ दिन पुगेका गृहमन्त्री गुरुङले प्रश्न उठाउने सांसदहरुप्रति नै आक्रोश पोखेका थिए।

उनले सरकार, ट्राफिक प्रहरीप्रति प्रश्न उठाउने सांसदहरुको कार्यलाई घाँटी सुक्ने गरी कराएको भन्दै आक्रोश पोखेका थिए। जसप्रति नेकपाका सांसद शर्माले सरकारलाई संसदमा नै खोज्ने भएकाले प्रश्न गर्नेहरुमाथि गृहमन्त्री गुरुङले रोष्ट्रमबाट दिएको अभिव्यक्ति आपत्ति जनक भएको टिप्पणी गरे।

सांसदहरूप्रति आक्रोशित गृहमन्त्री गुरुङले संसद्‌मा भने- गणेश नेपालीको निधनमा सरकारको कुनै हात छैन

‘संसदले सरकारलाई संसदमा नै खोज्ने हो, सांसदहरूले सदनमा नै सरकारलाई खोज्ने हो। सरकारको प्रतिनिधि जिम्मेवार प्रतिनिधिले घटना के भएको छ सदनलाई जानकारी दिने हो, त्यो जिम्मेवारी हो। सदनमा सांसदहरूले प्रस्तुत गरेको विषय ुघाँटी सुक्ने गरी चिच्याएकोु भनेर भन्न मिल्दैन, सांसद शर्माले अगाडि भने, ‘ यो सांसदहरू प्रति, जनप्रतिनिधि प्रति र संसद प्रति जिम्मेवार मन्त्रीले गरेको अपमानको रूपमा मैले यसलाई बुझेको छु। यसलाई संसदको रेकर्डबाट हटाइयोस्।’

उनले आगामी दिनमा सरकारका प्रतिनिधिहरू संसदमा आउँदा जिम्मेवारीपूर्वक आउन र उठेका प्रश्नहरूलाई जिम्मेवारीपूर्वक प्रस्तुत गर्न अनुरोध गरे।

नेपाली मृत्यु प्रकरणमा सरकारले उनको उपचारका लागि रात दिन प्रयास गर्दा पनि नदेखेको भन्दै गृहमन्त्री गुरुङ विपक्षी सांसदहरुप्रति चेतावनीको शैलीमा प्रस्तुत भएका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…