गोताखोरको विशेष टोलीले उद्धार गर्न नसकेको यादवको शव पोखरीमा तैरिएको अवस्थामा फेला

गोताखोरको विशेष टोलीले उद्धार गर्न नसकेको यादवको शव पोखरीमा तैरिएको अवस्थामा फेला
सांकेतिक तस्बिर।
+
-
देशसञ्चार AI सारांश
  • विराटनगर-१८ भेडियारीस्थित पोखरीमा बेपत्ता भएका मञ्जितकुमार यादवको शव शुक्रबार विहान तैरिरहेको अवस्थामा भेटियो।
  • शंकास्पद गाँजा तस्करीमा भागेका यादवको शवको पहिचान परिवारले यकिन गरेपछि मात्रै पुष्टि हुनेछ।
  • पक्राउ परेका भारतीय नागरिकसँग ६ किलो गाँजा बरामद भए पनि यादवको शव झारले अड्किएको हुनसक्छ।

माेरङ –  दुईदिनबाट विराटनगर १८ भेडियारीस्थित पोखरीमा बेपत्ता भएका मञ्जितकुमार यादवको शव बरामद भएको छ। शुक्रबार विहान पोखरीको बीचभागमा रहेको माटोको ढिस्को जस्तो स्थानमा तैरिरहेको अवस्थामा १८ वर्षीय यादवको शव भेटिएको प्रहरीले जनाएको छ।

मोरङका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरिक्षक गेहेन्द्रबहादुर भण्डारीले शव जस्तो देखिएपछि एपीएफको टोलीले रबरबोटबाट बाहिर निकालेको जानकारी दिए।

उनका अनुसार शव यादवको भन्ने विषयमा परिवार सदस्यले बुझेपछि मात्र यकिन गर्न सकिनेछ। बुधबार गाँजा तस्करी गरेको शंकामा प्रहरीले यादवले चलाएको मोटरसाइकल रोक्न खोज्दा उनी भागेर पोखरीतर्फ गएको बताइएको थियो।

यसक्रममा उनीसंगै रहेका ४१ वर्षीय भारतीय नागरिक शिवधर यादव भने पक्राउ परेका थिए। प्रहरीले पक्राउ परेका यादवको साथबाट करिब ६ किलो गाँजा बरामद भएको थियो। प्रहरीबाट जोगिन भाग्ने क्रममा पोखरीमा हामफालेको बताइएका यादवको उद्धारका लागि बुधबार दिनभर सशस्त्र प्रहरी बलको गोताखोरको विशेष टोलीले खोजी गरेको थियो।

दिनभर खोजी गरिदाँसमेत यादवको अवस्था पत्ता नलागेपछि सुनसरीको पकलीबाट आएका उद्धार टोली फर्किएका थिए। यद्धपि, प्रहरीले खोजी कार्यलाई यथावत राखेको थियो।

सोही क्रममा शुक्रबार विहान शव बरामद भएको हो। पोखरी जलकुंभी झारले घेरिएको हुँदा यादवको शव पानीभित्र अड्किएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…