तयार भएको विपद प्रतिकार्य आपतकालीन योजना लागू

तयार भएको विपद प्रतिकार्य आपतकालीन योजना लागू
+
-
देशसञ्चार AI सारांश
  • हुम्ला जिल्लामा मनसुन, आगजनी र चट्याङ प्रतिकार्य सम्बन्धी आपतकालीन कार्ययोजना २०८३ कार्यान्वयनमा आएको छ।
  • विपदका घटना रोक्नका साथै प्रभावितको उद्धार, राहत र ब्यवस्थापनका लागि कुशल योजना लागु गरिएको हो।
  • हिल्सा सिमकोट सडक र कर्णाली करिडोरमा संभावित पहिरो समस्याका लागि कार्यालयहरुलाई तयारीमा राखिएको छ।

हुम्ला – जिल्लामा लामो अभ्यासपछि तयार पारिएको विपद प्रतिकार्य योजना कार्यान्वयनमा आएको छ। देशमा मनसुन भित्रिसकेको अवस्थामा यसबाट हुम्ला जिल्लामा पनि हुन सक्ने क्षतिलाई ध्यानमा राख्दै उक्त कार्ययोजना लागु भई कार्यान्वयनमा आएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दका अनुसार स्थानीय प्रशासन र सरकारवाला पक्षको समन्वयमा तयार गरिएको मनसुन, आगजनी तथा चट्याङ प्रतिकार्य आपतकालीन कार्ययोजना २०८३ लागु भएको छ। विपद सम्वन्धि घटना भई यसवाट भौतिक तथा मानवीय क्षेती समेत हुन सक्ने हुँदा सकेसम्म यस प्रकार घटना हुन नदिन र भई हालेमा प्रभावितको खोजी, उद्धार, तथा राहत लगाएतका समग्र विपद ब्यवस्थापन सम्वन्धि कार्यलाई थप ब्यवस्थित प्रभावकारी बनाउन यो कार्ययोजना लागु गरिएको हो।

तयार भएको कार्ययोजना जिल्ला बिपद व्यवस्थापन समितिको बैठकले छलफल गरि आवश्यक परिमार्जजन गरेर त्यसलाई पारित गर्दै तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको हो। त्यो संगै विपदका क्षेत्रमा काम गर्ने निकायहरु सतर्क र आवश्यक परेको बेला उपस्थिती हुन सक्ने गरि वस्नु पर्ने छ।

त्यसैगरी मनसुनजन्य घटना हावाहुरी, चट्याङ, भारी वर्षा, बाढी, पहिरो आउन सक्ने र त्यसबाट राजमार्ग तथा अन्य ग्रामीण सडक अवरुद्ध भई सार्वजनिक आवागमन समेत नहुन सक्ने देखिएकोले त्यसलाई तत्कालै खुलाउने ब्यवस्थाका लागि स्नाथीय तह, हिल्सा सिमकोट सडक योजना, पुर्वाधार बिकास कार्यालय, ट्राफिक प्रहरी, सुरक्षा निकाय र अन्य सरोकारवाला निकायहरुले यसका लागि आफुसंग भएका जनशक्ति र ठुला उपकरण परेको समयमा परिचालन गर्न सकिने गरि ब्यवस्था गर्नुपर्ने छ।

जिल्लाभित्र बिपदका घटना भए तत्काल सुरक्षा निकायसँग रहेको क्यूआरटी र आईआरटीलाई जानकारी गराउन परि जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

विशेष गरी कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने कवाडीदेखि हिल्सासम्मको सडकमा पहिरो खसेर सडक अवरुद्ध हुन सक्ने बढी संभावना भएको कारण त्यसका लागि आवश्यक ब्यवस्थाको तयारी गर्न हिल्सा सिमकोट सडक योजना र कर्णाली करिडोर दक्षिण खण्डीको बाजुराको कोल्टी कार्यालयलाई आग्रह पनि गरिएको छ। यी कार्यालयले बिपदबाट हुन सक्ने क्षेती र त्यसको मर्मतसंभार तथा पूनरनिर्माणका लागि तयारी अवस्थामा रहेको जनाएका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…