- हुम्लाको सर्केगार्ड–१ बालुकुनादेखि सलीसल्लासम्मको सडकमा सुख्खा र बर्खे पहिरो समस्याको समाधान गर्न विभिन्न प्रविधि अपनाइँदैछ।
- आगामी आव ०८३।०८४ मा बालुकुनादेखि सलीसल्लासम्मको सडक स्तरोन्नति तथा कालोपत्रे गर्न एक अर्व बजेट सुनिश्चित भएको छ।
- करिडोरका १५ मध्ये ९ पुल निर्माणाधीन अवस्थामा छन् भने ६ पुलका लागि बजेट व्यवस्था गरिएको छ।
सिमकोट – कर्णाली करिडोरअन्तर्गत हुम्ला जिल्लाको सर्केगार्ड गाउँपालिका– १ को बालुकुनादेखि सलीसल्लासम्मको सडक स्तरोन्नति गरिने भएको छ। यो क्षेत्रमा सधैँ सुख्खा पहिरो र पहिरो खसिरहने भएका कारण मेसिनरी र जैविक प्रविधि अपनाउन लागिएको हो।
सो खण्डको खच्चा क्षेत्रको तीन सयभन्दा बढी मिटर सडकमा बर्खामा पहिरो र हिउँदमा सुख्खा पहिरो बारम्बार खसिरहने भएकाले कारण आधुनिक प्रविधिको मेसिनरी वाल र ग्याविन लगाउने कार्य एकातिर गरिनेछ भने अर्कोतर्फ त्यसैमा जैविक प्रविधि पनि अपनाएर निर्माण कार्य अगाडी बढाईने कर्णाली करिडोर दक्षिण खण्डको कोल्टी कार्यालयका प्रमुख बिसुनदास लामाले बताए।
सडकलाई दिगो र गुणस्तरीय निर्माणका लागि यस्तो कार्य गर्न लागिएको हो। उक्त पहिरो खस्ने खच्चा खण्डमा उक्त समस्या सधाका लागि समाधान गर्न यी दुवै प्रबिधिबाट सडकको स्तरोन्नती गर्ने कार्य हुन लागेको हो।
हाल दैनिक जसो पानी परेको समयमा पहिरो र घाम लागेको समयमा सुख्खा पहिरो खसर सडक अवरुद्ध हुने गरेको छ। यो समस्या समाधानका लागि सडक विभागले एक वर्ष अगाडी बिज्ञ टोली स्थलगत रुपमा खटाएर अध्ययन गराएको थियो। सो टोलीको अध्ययन प्रतिबेदन र सम्भावना अनुसार हाल उक्त सडकलाई निर्माण गर्न लागिएको छ।
अब आगामी आव ०८३।०८४ मा बालुकुनादेखि सलीसल्लासम्मको सडकको स्तरोन्नती तथा कालो पत्रे गर्नका लागि एक अर्व वजेटको ब्यवस्था भएको छ। उक्त खण्डको सडकको स्तरोन्नती र कालो पत्रे गर्ने कार्य अब चाँडै सुरु हुने छ। सो खण्ड १३ किलोमिटर दूरी रहेको छ। साउनमा टेण्डर लाग्ने र त्यस लगत्तै निर्माण कार्य अगाडी बढ्ने छ।
यता खुलालु सलीसल्ला अन्र्तगत खुलालु बालुकुना सडकको लागि अर्थ मन्त्रालयले श्रोत सुनिश्चित गरेर वजेटको ब्यवस्था गरेपछि निर्माण कार्य भई रहेको छ। यस कार्यले करिडोर अन्तर्गत उक्त खण्ड स्तरोन्नती तथा कालोपत्रे गर्ने योजना अघि बढी सकेको छ।
कालीकोटको खुलालुदेखि कोटसम्म १३ किलोमिटर, भुक्काखोलादेखि बाजुराको पिलुचौरसम्म १५ किलोमिटर सडक कालोपत्र गर्न करिब दुई अर्ब १५ करोड रुपियाँ बराबरको बहुवर्षीय ठेक्का सहमतिका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाइएको थियो। उक्त खण्डको स्रोत सुनिश्चित भइसकेको छ र ४१ किलोमिटर सडकको ठेक्का छिट्टै व्यवस्थापन गरिनेछ।
करिडोर प्रवेशद्वार खुलालु–सल्ली खण्डको ३५ किलोमिटर ग्राभेल सडक स्तरोन्नति भई सकेको छ। पालाताको घाटाचौरदेखि भुक्काखोलासम्म ११ दशमलव पाँच किलोमिटर क्षेत्रमा नेपाली सेनाले कडा चट्टान फोड्ने काम गरि रहेको छ। पिलुचौरदेखि कुबाडी २३ किलोमिटर र कुबाडीदेखि तुम्चा २७ किलोमिटर खण्डमा कालोपत्रका लागि ठेक्का व्यवस्थापन भई काम सुरु भइसकेको छ। करिडोरका १५ मध्ये नौ पुल निर्माणाधीन अवस्थामा छन् भने ६ वटा पुलका लागि बजेट सुनिश्चित भएको छ।
ती पुल निर्माणका लागि करिब ६२ करोड रुपैयाँ बजेट सुनिश्चित गरिएको आयोजनाले जनाएको छ। कालीकोट–बाजुरा सीमामा पर्ने भुक्काखोला, सेराखोला, बाँधुखोला, तुसारेखोला, पैमाखोला र मकाखोलामा पुल निर्माणका लागि बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाइएको छ। चालु वर्षको अन्त्यसम्म पिलुचौर–कुबाडी खण्डको केही भागमा कालोपत्र गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ।
भर्खरै
लोकप्रिय
