अदानचुली गाउँपालिकामा इ–हाजिरी प्रणाली लागू

अदानचुली गाउँपालिकामा इ–हाजिरी प्रणाली लागू
अदानचुली गाउँपालिका कार्यालय श्रीनगर। तस्बिरः देश सञ्चार
+
-
देशसञ्चार AI सारांश
  • अदानचुली गाउँपालिकाले इ–हाजिरी प्रणाली आगामी आ.व. ०८३।८४ को साउन १ गतेदेखि प्रारम्भ गर्ने निर्णय गरेको छ।
  • प्रणालीले तोकिएको समयमै कर्मचारीलाई कार्यालय उपस्थित गराई, सेवा प्रवाहमा ढिलासुस्ती रोक्न सहयोग गर्नेछ।
  • स्थानीय सरकारप्रति जनता विश्वास राख्ने भएकाले इ–हाजिरीलाई छिटो कार्यान्वयनमा ल्याउने प्रयास भईरहेको छ।

हुम्ला – अदानचुली गाउँपालिकाले इ हाजीरी प्रणाली लागू गर्ने भएको छ। पछिल्लो समय दुर्गम क्षेत्रमा कर्मचारी नबस्ने, आर्थिक वर्षको अन्तिममा आएर बाह्रै महिनाको काम एक महिनामै गर्ने भन्ने जनगुनासो आइरहेका बेला ०८३।८४ को साउन १ गतेबाट लागू गर्ने गरी इ–हाजिरी प्रणाली लागू गर्न लागिएको हो।

यस प्रविधिले विशेष गरी कर्मचारीमा अनुशासन र नियमिततासँगै समयमै सेवा प्रवाह हुने गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले बताए।

यसले गाउँपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयका कर्मचारी तोकिएको समयमै कार्यालय उपस्थित भई सेवा प्रवाहलाई ढिलासुस्ती हुन नदिन सहयोग पुग्नेछ।

यससँगै एकै पटक महिनाको अन्त्यमा वा अघिल्लो दिनको हाजिरी एकैचोटी ढड्डामा गर्ने गलत चलन पूर्ण रूपमा रोकिने र प्रशासनिक र आर्थिक पारदर्शितामा समेत टेवा पुग्नेछ। साउन १ देखि सुरु हुने नयाँ आर्थिक वर्षको साउन महिनादेखिकै तलब, भत्ता र अन्य सुविधा कर्मचारीको वास्तविक हाजिरी रिपोर्ट (भित्रिएको र बाहिरिएको समय) का आधारमा मात्र भुक्तानी गर्न प्रणालीले सहज बनाउने, प्रत्येक महिना हाजिरी खाता पल्टाएर दिन गन्ने र प्रमाणित गर्ने झन्झटिलो प्रशासनिक काम अन्त्य हुनेछ।

पहिलो पटक गाउँपालिकाको केन्द्रको प्रशासकीय भवनमा जडान गरी कार्यान्वयनमा ल्याइने र पछि सबै वडा कार्यालयदेखि स्वास्थ्य संस्थाहरुमा समेत जडान गरी सकेपश्चात गाउँपालिकाको केन्द्रबाटै टाढा रहेका वडा कार्यालय वा स्वास्थ्य संस्थाका कर्मचारी उपस्थित भए नभएको विवरण अनलाइनमार्फत तुरुन्तै अनुगमन गर्न सकिनेछ।

कर्मचारी नियमित कार्यालयमा भेटिने भएपछि सेवाग्राहीले समयमै र छिटो छरितो सेवा पाउने, जसले स्थानीय सरकारप्रति जनताको विश्वास भएकाले पनि यसलाई छिटो कार्यान्वयनमा ल्याउने काम भई रहेको छ।

संघीय सरकारको सूचना प्रविधि विभाग र सङ्घीय मामिला मन्त्रालयको परिपत्र बमोजिम डिजिटल सुशासनको लक्ष्य हासिल गर्न र कर्मचारीको बिदा, काज, र कार्यसम्पादनको डिजिटल रेकर्ड सुरक्षित रहने हुँदा वार्षिक समीक्षा र योजना तर्जुमा गर्न मद्दत पुग्ने छ।

यसअघि नै कार्यान्वयनमा ल्याउने गरी गत वर्ष नै खरिद गरी ल्याएको तर प्रमविधिक कारणले कार्यान्वयन गर्न नसकिएको बताउँदै नयाँ प्रमुख प्रशासकिय अधिकृत आएलगत्तै यसको प्रकृया अगाडि बढाउन निर्देशन गरिएकाले जडान गर्न लागिएको हो।

यता सूचना प्रविधि शाखाले बुधबारसम्म २३ जना कर्मचारीहरुको वायोमेट्रीक गरीसकेको जनाएको छ। सवै तयारी भएको र अव औपचारिक रुपमा कार्यान्वयन गर्न मात्र बाँकी रहेको शाखाले जनाएको छ। गाउँपालिकामा इ–हाजिरी सुरुवातले स्थानीय सेवा प्रवाहमा ठुलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…