- राष्ट्रपति ट्रम्पले इरानलाई लक्षित गरी हजारौं क्षेप्यास्त्रहरू प्रहार गर्न पूर्ण तयारी अवस्थामा राखिएको बताएका छन्।
- इरानका विदेशमन्त्रीले अमेरिकामाथि समझदारी पत्रको उल्लंघन गरेको आरोप लगाउँदै दुवै पक्षको पालना अनिवार्य भएको बताएका छन्।
- अमेरिकी अधिकारीहरूले वार्ता फलदायी रहेको भनिरहँदा, इरानसँग सम्झौता गर्न आणविक सर्तहरू मान्नुपर्ने अडान राखेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिँदै अमेरिकी सेना त्यसका लागि तयार रहेको र इरानलाई लक्षित गरी प्रहार गर्न एक हजार क्षेप्यास्त्रहरू पूर्ण तयारी अवस्थामा राखिएको बताएका छन्।
सामाजिक सञ्जालमा गरिएको पोस्टमा उनले “इस्लामिक गणतन्त्र इरानमाथि क्षेप्यास्त्रहरू ताकेर पूर्ण तयारी अवस्थामा राखिएक जनाएका हुन्। यदि इरानी सरकारले विश्वका विभिन्न स्थानमा व्यक्त गरेको—संयुक्त राज्य अमेरिकाका बहालवाला राष्ट्रपति को हत्या गर्ने वा हत्याको प्रयास गर्ने—धम्कीलाई कार्यान्वयन गर्यो भने, त्यसको लगत्तै हजारौं थप क्षेप्यास्त्र प्रहार गरिने उनले बताएका छन्।
यसैबीच, इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकाले समझदारी पत्रको उल्लंघन गरेको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल एक्समा गरिएको एक पोस्टमा उनले “इरानले अहिले सम्म आफ्नो प्रतिवद्धता पालना गर्दै आएको र यो उल्लंघन अमेरिकाद्वारा गरिएका अन्य उल्लंघन र गलत कदमको शृङ्खलाकै एक हिस्सा भन्दै यसमा दुवै पक्षको पालना अनिवार्य हुने बताएका छन्।
अल जजिराका अनुसार, इरानी संसदका सभामुख मोहम्मद बाघेरी घालीबाफले तेहरान अमेरिका सामु कहिल्यै नझुक्ने बताउदै यदि अमेरिकाले समझदारी पत्रको उल्लंघन गरेमा आफ्नो रक्षा गर्न पूर्ण रूपमा तयार रहने बताएका छन्।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकायीले इरानका रक्षकहरूले अमेरिकाको गतिविधिलाई निगरानीमा राखिरहेको बताएका छन्। गर्मीको मौसमको प्रवाह नगरि, इस्लामिक गणतन्त्र इरानका सशस्त्र बलमा आबद्ध वीर रक्षकहरू देशका तट, टापु, सीमाना र अन्य संवेदनशील क्षेत्रहरूमा तैनाथ रहि अमेरिकी गतिविधिलाई निगरानी गरिरहेको उनले प्रष्ट पारेका छन्।
यसैबीच, अल जजिराका अनुसार, अमेरिकी उच्च अधिकारीहरूले अमेरिका र इरानबीचको वार्ता फलदायी रहेको बताएका छन्।
अमेरिकाले भने इरानसँग सम्झौता हुनका लागि केही सर्त पूरा हुनुपर्ने बताउँदै पहिलो सर्त इरान आणविक सर्तहरू मान्न सहमत हुनुपर्छ र सवै आणविक सामग्रीहरु हस्तान्तरण गर्नु पर्ने अडान गर्र्दै आएको छ।
भर्खरै
लोकप्रिय
