- कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेपछि विस्थापित सुकुम्बासीको अवस्था बुझ्न गएका तीन जेनजी अभियन्ता पक्राउ परे।
- प्रहरीले अभियन्ता अन्सारी, थापा, र खड्कालाई कुटपिट गर्दै नियन्त्रणमा लियो र दुईलाई पछि रिहा गर्यो।
- अन्सारीको नाक र मुखबाट रगत बग्यो र उनीलाई उपचारका लागि टिचिङ अस्पताल लगिएको छ।
काठमाडौँ- कीर्तिपुरको सुन्दरीघाटस्थित होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँका सुकुम्बासीको अवस्था बुझ्न जाँदा पक्राउ परेका तीन जना जेनजी अभियन्ताहरूमध्ये दुई जना छुटेका छन् भने प्रहरीको कुटपिटबाट घाइते भएका माजिद अन्सारीलाई उपचारका लागि टिचिङ अस्पताल लगिएको छ।
गएरातिको वर्षासँगै बागमतीमा आएको बाढी राधास्वामी सत्संग केन्द्रको होल्डिङ सेन्टरमा पसेपछि त्यहाँका सुकुम्बासी विस्थापित हुनुपर्ने अवस्थामा पुगेका छन्। उनीहरूको अवस्था बुझ्न गएका जेनजी अभियन्ताहरूलाई शनिबार दिउँसो प्रहरीले कुटपिट गर्दै पक्राउ गरेको थियो।
प्रहरीले जेनजी अभियन्ताहरू अन्सारी, सरिश्मा थापा र नहेन्द्र खड्कालाई लछारपछार गरी नियन्त्रणमा लिएको थियो।
सरिश्मा र नहेन्द्रलाई रिहा गरिए पनि अन्सारीलाई भने थप उपचारका निम्ति टिचिङ अस्पताल लगिएको छ। प्रहरीको कुटपिटबाट अन्सारीको नाक र मुखबाट रगत बगेको र आँखामा समेत चोट लागेको छ। स्वास्थ्य जाँचका क्रममा अन्सारीको नाकको टुप्पोमा चोट लागेको र दाँत समेत हल्लिएको छ। उनका दुवै आँखाको वरिपरि र देब्रे कन्चट तथा बंगराको जोर्नीमा समेत चोट लागेको तथा आँखा धमिलो देखिने समस्या पाइएको मेडिकल रिपोर्टमा छ।
सुकुम्बासीको अवस्था बुझ्न गएका उनीहरूलाई प्रहरीले लछारपछार गर्दै गाडीमा चढाएका थिए।
भर्खरै
लोकप्रिय
