हिल्साका सीमास्तम्भ अनुगमन गर्दै दुई देशका सुरक्षाकर्मी

हिल्साका सीमास्तम्भ अनुगमन गर्दै दुई देशका सुरक्षाकर्मी
+
-
देशसञ्चार AI सारांश
  • नेपाल र चीनका सुरक्षाकर्मीद्वारा हिल्सामा संयुक्त अनुगमन, सीमा स्तम्भको सुरक्षा प्रबन्ध सुदृढ गर्न अनुभव साटासाट।
  • अनुगमनमा पाइएको सीमा स्तम्भ नम्बर सातको हिस्सा पहिरो र ढलानको जोखिममा, संरक्षण आवश्यक भएको निस्कर्ष।
  • सीमा सुरक्षा बैठकमा सीमा स्तम्भका समस्याबारे छलफल गर्न नेपाली सुरक्षा निकायले प्रस्ताव अघि सार्ने योजना।

हुम्ला – नेपाल र चीनका सुरक्षाकर्मीले नाम्खा गाउँपालिका–५ को हिल्सामा स्थापित सीमा स्तम्भको संयुक्त अनुगमन गरिएको छ।
सीमा क्षेत्रमा रहेका सीमा स्तम्भको अवस्थाबारे एकआपसमा अनुभव साटासाट र सुरक्षा प्रबन्ध सुदृढ बनाउने उद्देश्यले सो क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले सीमा स्तम्भको संयुक्त अनुगमन गरेका हुन्।

नियमित गरिरहनुपर्ने कार्यअन्तर्गत दुई देशका सुरक्षाकर्मीको संयुक्त टोलीले हिल्सामा स्थापना गरिएका सीमा स्तम्भको अनुगमन गरेको सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्म हुम्लाका सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दबहादुर साउदले जानकारी दिए।

यस पटक नेपाली र चिनियाँ सुरक्षाकर्मीले संयुक्त रूपमा गरेका सीमा स्तम्भमा सात, आठ र नौ नम्बर रहेका छन्। उनका अनुसार अनुगमन गरिएका सीमा स्तम्भमध्ये आठ र नौको अवस्था सन्तोषजनक भए पनि सीमा स्तम्भ नम्बर सात (क) नेपाली भूभागमा रहेको र त्यो भित्तामा पेन्टिङ गरिएको कारण जतिबेला पनि पहिरोको चपेटामा पर्न सक्ने अवस्था। सात (ख) चिनियाँ भूभागमा रहेको र त्यो पनि नदी किनारमा ढलेको अवस्थामा रहेका कारण ती सीमा स्तम्भको संरक्षण गर्न आवश्यक रहेको उनले बताए।

यस्ता सीमा स्तम्भको एक देशले चाहेर मात्र केही गर्न नसकिने भएकाले अब हुने दुई देशका स्थानीय सुरक्षा निकायबीच हिल्सामा हुने सीमा सुरक्षा बैठकमा नेपालको तर्फबाट कुरा उठाउने उनले बताए।

त्यसैगरी सीमा स्तम्भ अनुगमनका क्रममा दुवै देशका स्थानीय कमाण्डरले सीमाबारे आफ्नो अनुभव साटासाट गरेका थिए। त्यसैगरी शान्ति सुरक्षा कायम गर्ने विषयमा पनि दुवै देशका सुरक्षाकर्मीबीच छलफल भएको थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…