प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच चार घन्टा एक्लाएक्लै छलफल

प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच चार घन्टा एक्लाएक्लै छलफल
फाइल तस्बिर ।
+
-

काठमाडौं-  पछिल्लो घटनाक्रमहरूबाट दबाबमा परेका प्रधानमन्त्री बालेन्द्र शाह रास्वपा सभापति रवि लामिछानेलाई भेट्न आइतबार बिहान आफैँ बुढानिलकण्ठस्थित उनको निवास पुगेका छन्।

स्रोतका अनुसार प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच ४ घण्टाभन्दा बढी छलफल भएको छ ।

बूढानीलकण्ठस्थित लामिछाने निवासमा प्रधानमन्त्री शाह सवा ११ बजे पुगेका थिए भने सवा ३ बजेमात्रै उनी निस्किएका थिए।

उनीहरूबीच सुकुमवासी समस्या समाधान, पार्टी पदाधिकारी मनोनीत लगायतका विषयमा छलफल भएको स्रोतले बताएको छ। उनीहरूबीच वर्तमा परिस्थितिका अन्य घटनाक्रमहरूबारे पनि कुराकानी भएको स्रोतले बताएको छ।

सरकारको कामकारबाहीबारे उब्जिएको तीव्र असन्तुष्टिबारे पनि उनीहरूबीच कुराकानी भएको थियो।

शाह सरकारको १०० दिनमात्र बित्दा पनि यसबिरुद्ध सडकमा तीव्र असन्तोष देखिएको थियो। खासगरी सुकुम्बासी समस्या समाधानमा प्रधानमन्त्री शाह चुकेको र गणेश नेपाली प्रकरणमा पनि सरकारको अनुपस्थिति खट्किएको भन्दै सर्वसाधारण आक्रोशित बनेका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…