सरकारले गरिब र विपन्नको समस्या हल गर्न सकेन: जेनजी अभियन्ता

सरकारले गरिब र विपन्नको समस्या हल गर्न सकेन: जेनजी अभियन्ता
+
-
देशसञ्चार AI सारांश
  • विराटनगरका जेनजी अभियन्ताहरूले सरकारको युवा पुस्ता र गरीबप्रति उत्तरदायित्व अभावको आरोप लगाएका छन्।
  • काठमाडौँमा पुलिसको दुर्व्यवहारको विरोधमा धर्ना दिएका युवाहरूलाई राति नियन्त्रणमा लिई बिहान छाडिएको थियो।
  • मोरङ प्रहरीले धर्नाले सडक आवागमन अवरुद्ध गरेको भन्दै युवाहरूलाई नियन्त्रणमा लिनु परेको बताएको छ।

विराटनगर- जेनजी आन्दोलनको बलमा बनेको वर्तमान सरकार युवा पुस्ता र गरिब विपन्न वर्गप्रति उत्तरदायी हुन नसकेको गुनासो विराटनगरका जेनजी अभियन्ताहरूले गरेका छन्।

काठमाडौँको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पानी पसेर समस्यामा परेका सुकुम्बासीहरूको आवाज उठाउन र सरकारलाई झक्झक्याउन पुगेका माजिद अन्सारी र सरिस्मा थापालगायत युवाहरूमाथि प्रहरीले एकपक्षीय रूपमा कुटपिट तथा दुर्व्यवहार गरी नियन्त्रणमा लिएको थियो।

उक्त घटनाको विरोधमा विराटनगरका जेन जी अभियन्ता जमसेद आलमसहित २६ जना युवाहरूले शनिबार राति जिल्ला प्रहरी कार्यालय मोरङको गेट अगाडि धर्ना दिएका थिए।

धर्नाकै क्रममा प्रहरीले उनीहरूलाई राति साढे ११ बजे नियन्त्रणमा लिएर आइतबार बिहान ९ बजे मात्र छाडेको अभियन्ता आलमले बताए।

जेन जीको साथ र सहयोगमा बनेको सरकारले निमुखा र युवाहरूको आवाज सम्बोधन गर्न नसकेको उनीहरूको आरोप छ।

अभियन्ता आलमका अनुसार पछिल्लो समय सुरक्षा निकायको मनोमानी र दमनकारी प्रभाव बढ्दै गएको छ भने प्रहरीको यस्तो गतिविधिमा सरकार मूकदर्शक बनेको छ।

“प्रहरीले जनतामाथि विभेदपूर्ण व्यवहार गर्दा समेत सरकार मौन बस्नु आपत्तिजनक छ। प्रहरी त जनताको साथी हुनुपर्ने हो, तर व्यवहारमा त्यस्तो देखिएन,” आलमले थपे।

जेन आन्दोलनकै मद्दतबाट बनेको सरकारबाट अब धेरै अपेक्षा गर्न नसकिने भन्दै उनले देशको स्थायित्वका लागि सरकार ५ वर्ष टिक्नुपर्ने भए पनि त्यो विधि, विधान र गरिबको सारथी बनेर मात्र सम्भव हुने बताए। सरकार फेरि पनि हुनेखाने र पहुँचवालाहरूकै पक्षमा उभिन थालेको उनको तर्क छ।

यता, मोरङ प्रहरीले भने शनिबार राति प्रहरी कार्यालयको मूलगेट अगाडि धर्ना बसेर सडक आवतजावतमा बाधा पुर्‍याएकाले उनीहरूलाई नियन्त्रणमा लिनुपरेको जनाएको छ।

मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) मकेन्द्रकुमार मिश्रका अनुसार रातिको समयमा पटक-पटक सम्झाउँदा समेत अटेर गरेपछि २६ जना युवाहरूलाई नियन्त्रणमा लिई आवश्यक सोधपुछ पश्चात् बिहान छाडिएको हो।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…