सभामुख अर्याललाई कांग्रेसको चेतावनीः विपक्षीको नाडी छाम्ने काम नगरियोस्

सभामुख अर्याललाई कांग्रेसको चेतावनीः विपक्षीको नाडी छाम्ने काम नगरियोस्
+
-

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालको भूमिका निष्पक्ष र समन्वयकारी हुन नसकेको आरोप लगाएका छन्।

सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता आङ्देम्बेले सभामुख अर्याललाई विपक्षी दलहरूको नाडी छाम्ने प्रयास नगर्नसमेत चेतावनी दिए।

सभामुख कुनै पनि दलको सदस्य नभएको स्मरण गराउँदै उनले सभामुखले संसद्‌भित्र आफ्नो भूमिका कस्तो हुनुपर्छ भन्ने कुरा बुझ्न आवश्यक रहेको बताए।

उनले संसद्‌मा कुनै पनि विषयलाई लिएर विपक्षी दलहरूले विरोध जनाउँदा सबैको तर्फबाट एक जनाले विचार राख्नुपर्ने सभामुखको मनशाय हुने गरेकोप्रति समेत असन्तुष्टि जनाए। उनले सबै दलका प्रतिनिधिले संसद्‌मा आफ्नो धारणा राख्न पाउनुपर्ने बताए।

सत्तापक्षको तर्फबाट सदनमा बारम्बार विवादित अभिव्यक्ति सार्वजनिक हुँदाहुँदै पनि प्रतिपक्षले दैनिक कार्यसूची सञ्चालनमा सहयोग गरेको विषयलाई कमजोरीको रूपमा नलिनसमेत चेतावनी दिए।

उनले भने, ‘संसद्‍मा विरोध जनाएपछि विपक्षी दलहरू सबैले बोल्न पाउनुपर्‍यो। यो नाडी छाम्ने काम गर्नु हुँदैन संसद्‌भित्र। सदन सञ्चालन गर्नुहुने सभामुखज्यूले आफ्नो भूमिका बुझ्नुपर्छ। उहाँ अहिले कुनै पार्टीको हुनुहुन्न। यो कुरा बुझेर अगाडि बढ्नुभयो भने सजिलो हुन्छ।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…