सञ्चार गृहहरूमा त्रास सृजना गर्ने प्रवृत्ति स्वीकार्य छैन: रास्वपा

सञ्चार गृहहरूमा त्रास सृजना गर्ने प्रवृत्ति स्वीकार्य छैन: रास्वपा
+
-
देशसञ्चार AI सारांश
  • रास्वपा महामन्त्रीले सञ्चार स्वतन्त्रता हनन् गर्ने र त्रासको वातावरण सिर्जना गर्ने प्रवृत्ति स्वीकार्य नभएको बताएका छन्।
  • शंकास्पद गतिविधि लोकतान्त्रिक मूल्यको उल्लंघन भएको भन्दै कारबाहीका लागि सरकारलाई ध्यानाकर्षण गराएका छन्।
  • पार्टीले पूर्ण प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षा सुनिश्चित गर्न सरकारसँग तत्कालीन छानबिनको माग गरेको छ।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चार गृहहरूमा त्रास सृजना गर्ने प्रवृत्ति पार्टीलाई स्वीकार्य नभएको बताएको छ।

सोमबार कान्तिपुर, अनलाइन खबर र हिमालयन टेलिभिजनको कार्यालयमा शंकास्पदरुपमा गाडी पार्किङ गरेको विषयमा रास्वपाका महामन्त्री विपीन कुमार आचार्यलय विज्ञप्ति जारी गर्दै यस्ता कार्यमा संलग्नलाई कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

उनले कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन् गर्ने, सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अंगलाई संकुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवाञ्छित क्रियाकलापहरू पार्टीलाई किमार्थ स्वीकार्य नभएको स्पष्ट पारेका छन्।

विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधनहरू शंकास्पद रूपमा राखिएको विषयमा ध्यानाकर्षण भएको भन्दै राज्यको चौथो अंगका रूपमा स्थापित आमसञ्चारमाध्यम र सञ्चारकर्मीहरूले निर्भीक रूपमा कार्य गर्ने वातावरणमाथि धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताका ठाडो उल्लंघन भएको बताएका छन्।

आचार्यले रास्वपा सदैव पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा दृढतापूर्वक उभिएको र यसको रक्षार्थ सदैव कटिबद्ध रहेको पनि बताएका छन्। ‘प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट प्रेरित यस्ता र अन्य जुन कुनै कदमहरूको राष्ट्रिय स्वतन्त्र पार्टी भर्त्सना गर्दछ। यी घटनाहरूको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी सम्पूर्ण सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न र यस्ता शंकास्पद गतिविधिमा संलग्न जोसुकै भए पनि उनीहरूको तत्काल पहिचान गरी कानुनबमोजिम गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौं’, विज्ञप्तिमा भनिएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…