कृषि विकास कार्यालयको वित्तीय प्रगति ८५ प्रतिशत

कृषि विकास कार्यालयको वित्तीय प्रगति ८५ प्रतिशत
+
-
देशसञ्चार AI सारांश
  • कर्णाली प्रदेशको कृषि विकास कार्यालयले चालु आर्थिक वर्षमा ८५ दशमलव ९२ प्रतिशत वित्तिय प्रगति हाँसिल गरेको छ।

  • पुँजीगततर्फ विनियोजित बजेटमा दुई करोड ६६ लाख ४६ हजार खर्च भएर ८४ दशमलव ४ प्रतिशत प्रगति हँुदैछ।

  • चालु शिर्षकको बजेटमा पाँच करोड ६४ लाख ८९ हजार खर्च भएर ८६ दशमलव ६४ प्रतिशत प्रगति भएको छ।

हुम्ला – कर्णाली प्रदेश सरकार अन्र्तगतको कृषि विकास कार्यालयले चालु आर्थिक वर्षमा ८५ प्रतिशत भन्दा बढी वित्तिय प्रगति हाँसिल गरेको छ।

उक्त आवमा सो कार्यालयले सञ्चालन गरेका चालु र पुँजीगत शिर्षकका कार्यक्रमका लागि उक्त प्रगति हाँसिल भएको हो।

कृषि विकास कार्यालयले कुल विनियोजित बजेटको ८५ दशमलव ९२ प्रतिशत वित्तिय प्रगति हाँसिल गरेको कार्यालय प्रमुख चुडामणी पन्तले बताए। प्रमुख पन्तका अनुसार चालु आवमा विनियोजित बजेट मध्य जम्मा आठ करोड ३१ लाख ३५ हजार वजेट खर्च भएको छ।

प्रदेश सरकारबाट कुल वजेट नौ करोड ६७ लाख ७३ हजार रुपियाँ वजेट विनियोजित गरिएको थियो। जसमा पुँजीगततर्फ विनियोजित तीन करोड १५ लाख ७० हजार वजेटमा दुई करोड ६६ लाख ४६ हजार खर्च भएर ८४ दशमलव चार प्रतिशत प्रगति हाँसिल भएको छ।

चालुतर्फ कुल छ करोड ५२ लाख तीन हजार रुपयाँ विनीयोजित भएकोमा पाँच करोड ६४ लाख ८९ हजार रुपियाँ खर्च भएर ८६ दशमलव ६४ प्रतिशत प्रगति हाँसिल भएको छ। कार्यालयले कृषि क्षेत्रसंग सम्वन्धित विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको थियो।
फोटो क्याप्सन
कृषि विकास कार्यालय।
तस्बिर ः देशसञ्चार

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…