अ
+
अ
अ
-
काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संसद्बाट बाहिरिएका छन्। प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका उनीहरू २० मिनेटमै बाहिरिएका हुन्।
गत जेठ १७ गतेको बैठकमा भएको प्रश्नोत्तर कार्यक्रममा सहभागी भइसकेपछि प्रधानमन्त्री शाह आज पहिलो पटक संसद्मा उपस्थित भएका थिए। त्यसदिन उनले नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्ने अभिव्यक्ति भएपछि चर्को विरोध भएको थियो र विपक्षीहरूले कैयौँ दिन संसद् अवरुद्ध गरेका थिए।
प्रधानमन्त्री शाह र सभापति लामिछाने बैठकमा सहभागी भइरहँदा विपक्षी सांसदहरूले सरकारको चर्को आलोचना गरेका थिए।

तस्बिरः नेपाल फोटो लाइब्रेरी।
भर्खरै
लोकप्रिय
