गाडी आतंकमा सरकारको हात छैन, कारबाही गर्छौ : मन्त्री पोखरेल

गाडी आतंकमा सरकारको हात छैन, कारबाही गर्छौ : मन्त्री पोखरेल
+
-
देशसञ्चार AI सारांश
  • सरकारले जथाभावी रूपमा सवारी साधन राखेर आतंक सिर्जना गर्ने व्यक्तिलाई कानूनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ।

  • प्रवक्ता पोखरेलले नेताका घर अगाडि नियमविपरित गाडी पार्किङको घटनामा सरकारको संलग्नता नभएको दाबी गरे।

  • गृहमन्त्रालयको दबाबले गाडी हटाइएको भए पनि प्रहरीले बिना हस्तक्षेप अनुसन्धान गर्ने भनिएको छ।

काठमाडौँ – सरकारले जथाभावी रूपमा सवारी साधन राखेर ‘सवारी आतंक’ सिर्जना गर्ने जो–कोहीलाई कानूनी कारबाहीको दायरामा ल्याउने सार्वजनिक अभिव्यक्ति दिएको छ।

मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन्।

नेताका घर अगाडि, सञ्चारमाध्यम भवन अघि नियमविपरित सवारी साधनहरू राखिएको र जरिवानासमेत नतिरी छाडिएको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले यसमा सरकारको कुनै योजना वा संलग्नता नरहेको दाबी गरे।

सोमबार कान्तिपुर, अनलाइन खबर, हिमालय टिभी, नेपाली काँग्रेसका सभापति गगनकुमार थापाको निवास अगाडि लगेर गाडी पार्किङ गरिएको थियो । प्रहरीले पछि उक्त स्थानबाट क्रेन लगाएर गाडी हटाएको हो । हटाइएका गाडीलाई गृहमन्त्रालयको दबाबमा त्यत्तिकै छाडिएको थियो। तर सरकारका प्रवक्ता भने आफ्नो संलग्नता नभएको र कारबाहीको दायरामा ल्याउने दाबी गरेका हुन्।

उनले भने, ‘यदि यो सरकारकै नियोजित कार्य हुन्थ्यो भने गृह मन्त्रालय मातहतको नेपाल प्रहरीले यसरी खोजी र अनुसन्धान गर्ने थिएन । जुनसुकै पार्टीको भए पनि उहाँहरूले गर्नुभएको गल्तीका आधारमा प्रचलित कानूनअनुसार के सजाय हुनुपर्ने हो, त्यो भएरै छाड्छ ।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…