काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद महेन्द्र बहादुर शाहीले सरकार सस्तो प्रचारबाजीमा लागेको आरोप लगाएका छन्।
बुधबारको संसद बैठकमा बोल्दै उनले सरकार कामले जवाफ दिन छाडेर प्रचारबाजीमा लागेको आरोप लगाएका हुन्। सरकारको यस्तो कार्यले जनतामा आशाभन्दा अविश्वास पैदा हुने बताए।
‘सरकार कामले जवाफ दिनुभन्दा पनि अहिले विभिन्न प्रकारका प्रचारबाजी र विभिन्न प्रकारका कुराहरू जे गरिराखेको छ, सरकारले यो नितान्त अपरिपक्व र काँचो काम गरिराखेको छ। यसले गर्दा जनतामा आशा होइन, सरकारप्रति अविश्वास नै पैदा हुँदै गइराखेको छ’, शाहीले भने।
उनले नेपाली राजनीति मूल मुद्दाभन्दा सस्तो लोकप्रियतामा केन्द्रित भएको पनि भनाइ राखे। ‘नेपाली जनताको मुख्य चाहना भनेको भौतिक पूर्वाधार विकास हो, आर्थिक समृद्धि हो, सुशासन हो, र सामाजिक न्याय हो। जनताले त्यो खोजेका छन्। तर आज हाम्रो राजनीति मूल मुद्दाभन्दा सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधि तर्फ बढी केन्द्रित भएको छ’, उनले भने।
भर्खरै
लोकप्रिय
